परासी, २५ मंसिर । एम्नेष्टी नेपाल समुह ३१ परासीले पनि परासीमा शान्ती पद यात्रा गरि ७० आंै अन्तराष्टिय मानव अधिकार दिवस मनाएको छ । समुह ३१ को आयोजनामा जिल्लाको सदरमुकाम परासीमा एकठ्ठा भएका एम्नेष्टी सदस्य सहितका विभिन्न मानव अधिकारकर्मीहरु शान्ती पद यात्रा गरि परासी बुद्धचोकको परिक्रममा गरेका थिए ।
लोकतान्त्रिक चोकबाट निकालिएको शान्ती पद यात्रा बुद्धचोकमा पुगी एक कोणसभामा परिणत भएको थियो । एम्नेष्टी समुह ३१ परासीका संयोजक विजय कुमार जायसवालको अध्यक्षतामा भएको कोणसभामा समुहका उप संयोजक बृजराज कुश्वाहा, थर्ड एलायन्सका जिल्ला संयोजक मनोज कुमार हरिजन, उपभोक्ता हक हित संरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवाली, ईन्सेकका जिल्ला संयोजक नारायण पराजुली, माहुरी होमका प्रतिनिधि अनिल यादव लगायतले मानव अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिएका थिए ।
नेपालमा बढदो मानव अधिकार उलंघनका घटनालाई न्युनिकरण गरि समाजमा बढदो महिला हिंसा तथा तथा दण्डहिनता अन्त्य गर्न सरकार संग आग्रह गरेका थिए । कार्यक्रममा एम्नेष्टी समुह ३१ ले समाजमा बढदो महिला हिंसा तथा दण्डहिनताको अन्त्यका लागि हस्ताक्षर संकलन अभियान पनि संचालन गरेको समुहका संयोजक बिजय कुमार जायसवालले बताए । कार्यक्रम एम्नेष्टी संग माहुरी होम कपिलवस्तुले पनि समन्वय गरेको थियो ।