न्यायका लागि एम्नेष्टी समुह ३१ परासीद्धारा हस्ताक्षर संकलन अभियान शुरु


परासी, २५ मंसिर । एम्नेष्टी नेपाल समुह ३१ परासीले देशभरि संगै नवलपरासीमा पनि राईट फर राईट अभियान अन्तगर्त हस्ताक्षर संकलन कार्यक्रम संचालन गरेको छ । एम्नेष्टी नेपालको निर्देशनमा समुह ३१ परासीले १० दिसम्बरको अवसर पारी सोमबार रामग्राम नगरपालिका ५ परासी बुद्धचोक र रामग्राम नगरपालिका १५ सुक्रौली स्थित जनता माविमा सो हस्ताक्षर संकलन कार्यक्रम गरेको हो ।

एम्नेष्टीले रामग्राम नगरपालिका १५ सुक्रौली स्थित श्री जनता मा.वि.मा र बुद्धचोकमा समाजमा बढदो महिला हिंसा न्युनिकरण र दण्डहिनतालाई अन्त्य गर्नका लागि राईट फर राईट अभियान अन्तर्गत सो हस्ताक्षर संकलन गरेको समुहका संयोजक बिजय कुमार जायसवालले जानकारी दिए । समुहका संयोजक जायसवालको अध्यक्षता तथा रामग्राम नगरपालिका १५ का वडा अध्यक्ष धनपत यादवको प्रमुख अतिथ्यतामा सो हस्ताक्षर संकलन कार्यक्रममा करिब ३ सय जनाको हस्ताक्षर संकलन गरिएको थियो ।

कार्यक्रममा संयोजक जायसवाल, प्रमुख अतिथि एवं वडा अध्यक्ष धनपत यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाण्डे, ईन्सेकका जिल्ला संयोजक नारायण पराजुली, माहुरी होमका प्रतिनिधि तथा जनता टेलिभिजनका संवाददाता अनिल यादव, रामग्राम साप्ताहिकका व्यवस्थापक अभिषेक राव, विद्यालयका प्रअ यार मोहम्मद खान, युवा समाजसेवी बलिराम यादव लगायतले महिला हिंसा न्युनिकरण गर्न सरकार संग आग्रह गर्दै यस हस्ताक्षर संकलनमा सहभागि हुन आग्रह गरेका थिए ।

यो अभियान २० दिसम्बर सम्म विभिन्न क्षेत्रमा संचालन गरिने समुहले जनाएको छ।

 

 

Related articles

मदरबाबा मेला अाएका एक युवक नहरमा डुवेर वेपत्ता

सुस्ता, १६ फागुन ।  पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका २ महलवारी स्थित मदारस्थान मेला भर्न अाएका १८ वर्षीय युवक महलवारी स्थित ठूलाे नहरमा डुवेर वेपत्ता भएका छन्। वेपत्ता हुनेमा भारत विहारकाे गाेपालपुर थानाकाे विनाेद खरैँया वषने १८ वर्षिय मक्सुद अालम रहेका छन । ईलाका प्रहरी कार्यालय वेलाटारीका प्रहरी निरीक्षक केदार वस्नेतले दिएकाे जानकारी अनुसार फागुन १२ […]

बाटोमा निर्माण सामाग्रीले परासी बजार अस्त व्यस्त

परासी, २८ भदौ । परासी बजारमा जता ततै बोटमा निर्माण सामाग्री राख्नाले बजार अस्तव्यस्त भएको छ । परासी बजारको मेन तथा भित्री सडकहरुमा राखिएकोे गिटीबालुवा, मिस्कट र सर–समाले सेवा ग्राही तथा यात्रुहरुलाई आवत जावत गर्न अप्ठयारो भए संगै बजार पनि अस्तव्यस्त भएको छ । पटक पटक नगरपालिकाले घरधनीलाई खसालिएको ढुंगा मिस्कट, गिटीबालुवा व्यवस्थित गर्न आग्रह […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *