प्रहरीद्धारा १२ लाखको कपडा सहित ६ वटा मोटरसाईकल बरामद : कपडा ओसार्ने ५ जना पनि पक्राउ

0
282

परासी, ४ मंसिर । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ गठिया कपडा सहित ६ वटा मोटरसाईकल बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा प्रहरीले १२ लाख ११ हजार ७८८ रुपैया मुल्य बराबरको ११ गठिया कपडा सहित ६ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि बरामद गरेको जनाएको छ ।

गएराती, प्रदेश ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ्गबाट खटिएको क्राईम ईन्भेस्टिगेशन स्क्वाड र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका ३ कजरैयाबाट ६ वटा मोटर साईकल ११ गठिया कपडा बरामद गर्दै कपडा ओसार्ने ५ जनालाई पक्राउ समेत गरेको प्रहरी कार्यालयले जनाएको छ ।

कपडा क्यारिङ्ग गर्दा पक्राउ पर्नेमा पाल्हीनन्द गाउँपालिका १ रम्पुरवा बस्ने ३५ बर्षिय मुबारक अंसारी, सोही ठाउँ बस्ने २५ बर्षिय बिनोद यादव, ३० बर्षिय मनोज यादव र सरावल गाउँपालिका ६ रामपुर खडौना बस्ने १९ बर्षिय रंजित चौधरी र सोही ठाउँ बस्ने १८ बर्षिय दुर्गेश हरिजन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कपडा र मोटरसाईकल सहित पक्राउ गरेका ति ५ जना कपडा ओसार्नेलाई आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जनाएको छ । बरामद कपडामा लेडिज सुट, धोती, लहंगा, थान कपडाहरु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here