घुस लिएको अभियोगमा सरकारी वकिल पक्राउ

0
364

भैरहवा, ४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here