नवलपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, ३ जना गम्भिर

0
430

नवलपुर, ४ मंसिर ।  नवलपुरमा  भएको  छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोटको खत्रिफिड नजिकै दुई अटो एक आपसमा ठक्कर खादा लमजुङ घर भएकी लुरी सार्किको मृत्यु भएको हो । दुई अटो एक आपसमा ठक्कर खादा अटोमा सवार सार्कि गम्भिर घाईते भएकी र उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा गएराती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

यसैगरी, गैंडाकोटकै सडक दस्तुर लिने ढाट नजिकै एच आर ३८ यु ९७८१ नम्बरको भारतिय कन्टेनरले ना ३ च ८४१५ नंबरको बोलेरो जिपलाई पछाडीबाट ठक्कर दिदा ४ जना घाईते भएका छन् । घाईते मध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य ३ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यता कावासोती नगरपालिका.१५ बरौली टोल स्थित भित्रि सडक खण्डमा गएराती उत्तर बाट दक्षिण तर्फ गईरहेको लु ४० प २३३३ नं.को मोटरसाइल र बिपरित दिशा बाट आईरहेको ना २३ प ७८७१ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना गम्भिर घाईते भएका छन् ।

घाईते हुनेहरुमा कावासोती न.पा.१२ बस्ने बर्ष २५ को राजु गुरौ, कावासोती १४ का २१ बर्षिय समिल थापामगर र सोहि ठाँउका अन्दाजी २० बर्षका बिरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईतेहरुलाई थप उपचारका लागि चितवनको भरतपुर पठाईएको प्रहरीले जनाएको छ । नारायणी अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here