परासी, ४ मंसिर । नवलपरासीको महेशपुर भन्सारको स्तरोन्नति गरि मुल भन्सार बनाइए पछि गत असोज महिनामै झण्डै एक करोड राजस्व संकलन भए पनि कातिक महिनामा ४० प्रतिसत राजस्व ह्रास भएको छ ।
महिनाको ५ देखि १० लाख मात्र राजस्व संकलन गर्ने भन्सारको स्तरोन्नतिसँगै भन्सार प्रमुखको अनुपस्थितीमा राजस्व संकलनमा अप्रत्यासति वृद्धि भएको तर भन्सार प्रमुखको उपस्थितीसंगै एक्कासी राजस्व संकलनमा कमी आए पछि स्थानिय आश्चर्य चकित भएका हुन् ।
भन्सारको स्तरोन्नति गर्दै अर्थमन्त्रीले सो भन्सारको उद्घाटन समेत गरिसकेका छन् । १७ जना कर्मचारी टोली कार्यालयमा खटि सकेको हुँदा भन्सार संकलनमा वृद्धि भएको थियो । गत असोज महिनामा मात्रै ९९ लाख ४३ हजार ७ सय ६४ रुपियाँ भन्सार राजस्व संकलन भएको तर कातिक महिनामा घटेर ६० लाख ९० हजार १ सय ३७ रुपिया मात्रै राजस्व संकलन भएको छ ।
भन्सार प्रमुख प्रेम चन्द शर्मा असोज महिनामा हाजिर भएका थिएनन् ,राजस्व वृद्धि भयो,तर उनको उपस्थितीले राजस्व संकलनमा झण्डै ४० लाख कमी भयो । राजस्व किन कमी भयो ? भनेर संवादाता लगायत अन्य पत्रकार भन्सार कार्यालयमा पुगेर प्रमुख शर्मासंग बुझ्न खोज्दा उनी कार्य ब्यस्थता भनेर भेट्न चाहेनन् ।
वास्तविक रुपमा भन्सारका भन्सार गराउन ब्यपारी नआएका हुन् कि राजस्व भन्दा खाजस्व बुझाएर तस्करी मौलाएको हो,त्यस प्रति पनि स्थानियले आशंका गर्न थालेका छन् । मालबस्तु पहिला भन्दा कम नेपाल भित्रिएको छैन् ।
तर भन्सारमा राजस्व बुझाएर गएको छन् कि केही रकम बुझाएर चोरी तस्करीको बाटो अपनाएका हुन ? मुल भन्सार भएर ब्यसायीलाई राहत हुनु भन्दा तस्करहरु हाबी भएका छन् । प्रहरी र भन्सारको मिलोमतोमा मात्र यो सम्भव हुने स्थानिय ब्यवसायि बताएका छन् । गत असोज महिनासम्मको कुल भन्सार राजस्व १ करोड ९४ लाख १८ हजार ५ सय १० रुपियाँ उठेको थियो ।
दुई दशकदेखि महेशपुर भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार नाकाको माग स्थानीय उद्योगी ब्यवसायीले गर्दै आएका थिए । यो बर्ष देखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धिसँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसमान पैठारी गर्न सजिलो भएको उबासंघका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद बैजनाथ जैसवालले बताएका थिए ।
भारतको कलकत्ता बन्दरगाह देखि नेपालको सबै भन्दा सानो दुरीको भन्सार महेशपुर भन्सार हो । यो कुराको उठान गर्दै उबासंघ र राजनीतिक दलबाट समेत बर्षाै देखि मुल भन्सार बनाउनका लागि गरिदै आएको माग गर्दै आएको थियो ।