सिमामा मौलाउदै मदिरा तस्करी

0
332

सुस्ता, ४ मंसिर । नवलपरासीको सिमा क्षेत्रमा मदिराको तस्करी बढेको छ । सिमावर्ति सुरक्षाकर्मीका मिलोमतो मदिरा तस्करी मौलाएको हो । नेपालमा सस्तो पाईने मदिरा भारतमा मंहगोमा बेच्नका लागि स्थानिय तस्करहरु मदिरा अवैध रुपमा भारत निकासी गर्ने गरेका छन् ।

जिल्लाको प्रतापपुर गाउँपालिकाको बसैया, झुल्नीपुर र सुस्ता गाउँपालिकाको सुस्ता नाकाबाट रातीको समयमा मदिराहरु भारत छिराउने गरेको स्थानियले बताए । नेपालमा ३० मूल्यमा पाईने मदिरा भारतमा लगेर ४५ देखि ५५ रुपैया भारुमा विक्री हुने भएकाले तस्करहरु मदिराको कारोबारमा लागेका छन् ।

नेपालबाट भारतमा भित्राईने मदिरा भारतको निचलौल, सिसवा, महराजगंज, खड्डा लगाएका ठाउमा विक्री वितरण हुने गरेको छ ।
भारतमा जताततै मदिरा नपाउने र मदिरा विक्री वितरण जोन बाहेक अन्त मदिरा सेवा गर्न नमिल्ने भएकाले भारतमा नेपाली सस्तो मदिरा सोफी, दिलखुस, दादा, किसमिस, लिची, कस्तुरी जस्ता मदिारको अवैध निकासी हुने गरेको पाइएको छ ।

सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मिलोमतो रातको समयमा बोरामा प्याक गरि साईकल र मोटरसाइकलमा लोड गरि भुजहवा, बसहिया, धर्मैली, गुठी परसौनी, पक्लिहवा, सुस्ता लगायतका साना नाकाबाट मदिरा निकासी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here