परासी, ३ मंसिर ।पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकाले नगरबाट हुने विभिन्न सिफारिश निशुल्क गर्ने भएको छ । आगामी हुने नगरको ४ आंै नगर सभाबाट पारित गरि करिब एक दर्जन सिफारिश सेवाहरु निशुल्क गर्ने आज आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
नगरपालिकाले कृषि बिमा सिफारिश, दुर्घटना बिमा सिफारिश, क्रियाखर्चका लागि जरना दाउरको सिफारिश, दिर्घ रोगीको लागि औषधी सिफारिश, दैविक प्रकोप सहायता सहित ११ वटा सिफारिशहरु निशुल्क गर्ने नगरका प्रमुख नरेन्द्र कुमार गुप्ताले सम्मेलन मार्फत जानकारी दिएका छन् ।
विभिन्न राजनितिक दल, बुद्धिजिवी, समाजसेवी र नगरबासीको सल्लाह अनुसार नगर प्रमुख गुप्ताले कार्यपालिकाको बैठकबाट ति सिफारिश सेवा निशुल्क पास गराई चाडै हुन लागेको नगर सभाबाट
पारित गराई लागु गर्ने जनाएका छन् ।