नवलपुर, ३ मंसिर । पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । कावासोती नगरपालिका–३ निवासी ५३ वर्षका मोक्तान काइला भन्ने सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले गत असोज महिनामा ती बालिकालाई करणी गरेर फरार रहेका थिए । प्रहरीले उनलाई खोज तलास गर्दा गैँडाकोट नगरपालिकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानले जानकारी दिए । उनलाई अहिले हिरासतमा राखेर थप अनुसन्धान भइरहेको लामिछानेले बताएका छन् ।