खोलाबाट धमाधम अबैध निकासी ः प्रहरी प्रशासन माैन

0
308

परासी,३ मंसिर । रामग्राम नगरपालिकाको गैरजिम्मेवारीपनले लाखौको राजस्व घाटा भई रहेको नगरबासीले जनाएका छन् । विकास निर्माण गर्ने नाँउमा जनतालाई अध्याधिक कर थोपर्ने नगरपालिकाले नगरक्षेत्र भित्रका खोला नालामा खुलेयाम बालुवा र भस्कट दोहन भई राख्दा कानमा तेल हालेर बस्दा लाखौ राजस्व गुमेको आरोप स्थानियले लगाएका हुन् ।

नगरपालिकाकामा रहेका इटा भट्ठाहरुले  खोलाबाट चोरी निकासी गरि लाने गरेका छन्र ।साे चाेरीकाे  नगरपालिकासंगै प्रहरी प्रशासन र प्राकृतिक स्रोतको अनुगमन गर्ने जिसस समेत मौन देखिएको छ ।

आफ्नो भाग आए भई हाल्ने नियतका जनप्रतिनिधि र प्रहरी प्रशासन समेत बने पछि सोझा साझा जनताले के गर्ने ? रामग्राम नगरपालिकाका वार्ड नं.१५ का वार्ड सदस्य समेत रहेका बबुल्ला धुनियाले भने, नगरपालिकाले कि त सबै जनताका लागि बालुवा र भष्कट लैजान छुट गर्नु पर्ने हो,कि सबैलाई नियन्त्रण गर्नु पर्ने हो । चोरी निकासी भई रहेको बारे प्रहरीलाई सुचना गर्दा तस्करले नै फोन गरेर तैले प्रहरीमा खबर गरेको हो,भनेर सोध्न थाल्छन्, धुनियाले थपे, अब कस माथि भरोसा राख्ने हो ?

उनले नगरपालिका कार्यालय देखी २ सय मिटर दक्षिण झरही खोला किनारमा बालुवा र भष्कट भण्डार गरिएको देखाए । तर नगरपालिका प्रशासनले त्यो देखेको छैन् । नगरक्षेत्र भित्र तुरिया,झरही र भलुही तिन वटा खोलाबाट साउन देखी नै खुलेयाम चोरी तस्करी भई रहेको छ । नगरपालिकाले चाहेको भए त्यसलाई रोकेर पचासौ लाख आमदनी गर्न सक्थयो,तर मेयरकै आफ्नो नगरको स्वार्थ भन्दा ब्यतिmगत स्वार्थ हाबी भए पछि कसको के लाग्छ ? जिससका प्रमुख देखी प्रहरी प्रशासक पनि दुधले धोएका छैनन् ।

सबैलाई राष्ट्रिय हित भन्दा आफ्नै हितलाई महत्व दिएका छन् । के समृद्ध देश बन्ने हो ? धुनियाले दुखेसो पोखे, गाउमा वार्ड सदस्य नै जनताको सबै भन्दा नजिक छन् । तर उनीहरुको केही चल्दैन् । गाली खाने सिवाय केही छैन् । सम्बन्धित निकायमा भनियो भन्ने तपाईको पनि रोक्ने दायित्व हो,भन्छन् ।

तर तस्करसंग माथिल्लो निकाय मिले पछि जनताको केही नलाग्ने उनले अनुभव सुनाए । यता नगरपालिकाले खोला निकासीका लागि टेण्डर आह्वान गरेको जनाएको छ,तर एउटा पनि टेण्डर परेको छैन् । गत बर्ष पनि यस्तै टेण्डरको नाटक गर्दै बर्ष बित्यो,टेण्डर परेन्,बरु नगरकै कोषबाट कन्सल्टेन्सी मार्फत वातावरण प्रभाव मुल्याँकनमा लाखौ रुपिया खर्च गरेर भ्याईयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here