बर्दघाट, २ मंसिर । बर्दघाट उघोग वाणिज्य संघ नवलपरासिको आयोजनामा शुक्रबारदेखी सुरु भएको तेस्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७५ आइतबार तेस्रो दिन पनि जारी रहेको छ । मेलाको तस्रो दिन आइतबार विभिन्न समुहहरुले आ आफ्नो प्रस्ती देखाएका थिए भने राष्ट्रिय बहुचर्चित लोकदोहोरी गायक चोलेन्द्र पौडेल र सृष्टी पुन लगाएत स्थानिय कलाकारहरुले आफ्नो स्वर ध्यनीबाट दर्शकहरुको मन जित्दै मञ्चलाई रगांरंग बनाएका थिए ।
मेलामा प्रत्येक दिन मेला अवधी भरि नै मेलाको आर्कषणको रुपमा बहुचर्चीत लोक दोहोरी गायक बद्री पगेंनी, पशुपती शर्मा, टकं बुढाथोकी, बाल गायक अशोक दर्जी, हेमन्त राना तथा अमेरीकी मुलकी नेपाली गीत गाउने गायिका एन्या स्टीर लगाएतका राष्टीय एवं स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने संघका महासचिव तथा मेला प्रवक्ता लेखनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।
त्यसैगरि भोली सोमबार नेपाली चलचित्रका बहुचर्चित गायक राजनराज सिवाकोटी लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने न्यौपानेले बताउनुभएको छ । मेलामा आइतबार बर्दघाट नगरपालिका विभिन्न क्षेत्रका निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुको वृहत रुपमा उपस्थिती रहनुका साथै पश्चिम नवलपरासी लगाएत रुपन्देही, कपिलवस्तु, बुटवल सहित प्रदेश नम्बर ५ का विभिन्न क्षेत्रका दर्शकहरुको वृहत रुपमा उपस्थिती रहेको थियो भने पुर्वी नवलपरासीको दाउन्ने, कावासोती, मध्यविन्दु डण्डा, चोरमारा लगाएत विभिन्न क्षेत्र सहित चितवन सम्मका दर्शकहरुको उपस्थिती रहेको साथै छिमेकी राष्ट्र भारतका ठठिीबारी, महाराजगन्ज, झुलनीपुर, युपी विहार लागएत प्रान्तका बासीन्दाहरु मेला भर्न आउने गरेको आयोजकले जनाएको छ ।
आइतबार मेलामा ५ हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको संघका महासचिव तथा मेला प्रवक्ता न्यौपानेले जानकारी दिनुभएको छ । नवलपरासि जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्यका साथ यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन राष्टिय तथा अन्तराष्टिय वजार सम्म औधोगिक लधु उधम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा स्वासथ्य र कृषि क्षृेत्रको प्रवद्र्धन एवं सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
गत सालका मेलाहरुमा भन्दा यसपालीको मेलामा बाल उध्ययनका धेरै सामाग्री तथा नयाँ किसिमका पिङ एवं झुलाहरु तथा कृषिका समेत नयाँ किसमिका स्टलहरु राखिएको आयोजकले बताएको छ । मेलामा अनुमानित ४ करोड बराबरको कारोवार हुने र मेला सञ्चालनमा करिब ५० लाँख भन्दा बढी खर्च हुने र मेलामा करिब २ लाँख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको अफिसयिल मिडिया पार्टनरको रुपमा रहेको सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाटले आइतबार मेलाको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।