प्रहरीद्धारा १ लाख १० हजार बराबरको मालसमान बरामद

0
469

महेसपुर, २ मंसिर । सिमा प्रहरी चौकी महेसपुर नवलपरासीले १ लाख १० हजार रुपैया बराबरको केराउ र स्टिलको भाँडो बरामद गरेको छ ।

गएराती चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीलले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ गोपालपुरबाट ६० हजारको २१ बोरा केराउ र वडा १ महेसपुर बगैचाबाट ५० हजारको स्टिलको भाँडाकुडो बरामद गरि आवश्यक कार्वाहीका लागि महेसपुर भन्सार कार्यालय पठाएको प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए ।

यतिबेला सिमा क्षेत्रमा प्रहरीको कडा निगरानीले तस्करहरुमा भागमभाग मचेको छ । प्रहरीको टोली देखेर कारोबारी फरार भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here