सुनवलका वडा अध्यक्षहरु कर्तुत : सचिवलाई वडामा हाजिर नगराई जनतालाई दुख दिदै

0
666


परासी, २ मंसिर । पश्चिमी नवलपरासीको सुनवल नगरपालिकाका ८ जना वडा अध्यक्षहरुले एक महिनादेखि वडा सचिव हाजिर नगराएपछि वडाका काम प्रभावित बनेको छ । वडा सचिवको सरुवामा असन्तुष्ट बनेको ति वडा अध्यक्षहरु नयाँ आउने वडा सचिवलाई वडा कार्यालयमा हाजिर नगराएपछि वडाका जनताहरुले दुख त पाएकै छन उता विकास निर्माण समेतका कार्यमा अवरोध पुगेको छ ।

गत असोज २८ गते नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठले स्थानिय तह संचालन ऐन बमोजिम आफुले पाएको अधिकार अन्तर्गत नगरपालिकाको प्रशासनिक समितिको बसेको बैठकबाट नगरका १३ वटै वडाका वडा सचिवहरुको क्षमता, योग्यता र कार्य सम्पादनलाई मापदण्ड बनाई गरेको वडा सचिवको सरुवा प्रति ति वडा अध्यक्षहरु असन्तुष्ट भएका थिए ।

प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले भने, यसरी वडा सचिवको सरुवा प्रति असन्तुष्ट भएका ति ८ जना वडा अध्यक्षहरु वडा सचिवलाई हाजिर नगराएर वडाका काम र सेवालाई प्रभावित बनाएको आरोप लगाउदै ति वडाका काम र सेवाहरु पनि यसै नगरपालिकाको कार्यालयबाट प्रवाह गरिएको जानकारी दिए ।

वेतन भोगीले जनतालाई सेवा दिने कि वडा सचिवको सरुवा लिएर लडने ?

उनले भने, यसरी वडा सचिवको सरुवा जस्तो सामान्य विषयमा बढि महत्वकान्छा देखाई आ–आफनो राजनितिक दलको माथिल्लो स्तरसम्मको यो कुरा पु¥याएर आफनै बदनामी गराएको प्रतिक्रिया दिए ।

नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको कार्यकक्षामा वडा सविचको सरुवा विषयमा बुझन पुगेका पत्रकारहरुलाई अधिकृत श्रेष्ठले भने, ‘समृद्ध नगरको सपना देख्नु र वडा सविचमा गिद्धे नजर राख्नु लाजमर्दाे कुरा हो ।‘ जनताको करबाट सुविधाको नाममा वेतन (तलब) लिने वेतन भोगी जनप्रतिनिधिले वडा सविचलाई वडा कार्यालयमा हाजिर नगराई जनतालाई दुख दिने र विकास निर्माणको कार्यमा बाधा अडचन पु¥याउने कार्यले नगर कसरी समृद्ध बन्ने भनि श्रेष्ठले चिन्ता व्यक्त गरे ।

यता नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले भने, कर्मचारीहरुको सरुवा कुनै पनि जनप्रतिनिधिको ईन्टरेस्टमा गर्ने कुरा होईन बरु कर्मचारीको कार्यसम्पादन, योग्यता र समयको आधारमा गर्ने बताए । एक महिनादेखि वडा नम्बर १,२,५,७,८,९,१० र १३ वडा अध्यक्षहरु वडा सचिवको सरुवा सिस्टममा हुन सकेन भन्दै बाहिर हल्ला फिजाउदै आएपनि नगर प्रमुख कहाँ अधिकारिक रुपमा कुनै पनि पत्र वा जनकारी नआएका प्रमुख थापाले जानकारी दिए ।

केहि महिना अगाडी बसेको नगर कार्यपालिकाको बैठकमा वडा सचिवहरुको एक बर्षमा तिनीहरुको कार्यसम्पादन र योग्यता अनुसार सरुवा गर्न सक्ने सहमति भएकाले सोही समहमित अनुसार एक बर्षमा १३ वटै वडाका वडा सचिवहरुको सोही मापदण्ड अनुसार नगरको प्रशासनिक शाखाले सरुवा गरेप्रति वडा अध्यक्षहरुको चित्त दुखाई किन भएको छ ? भनि प्रमुख थापाले प्रश्न गरे ।

यता एक महिनादेखि वडा सविचहरुलाई वडा कार्यालयमा हाजिर नगराईकन जनतालाई दुख दिने र विकास निर्माणमा बाधा अडचन पु¥याउदै आएका ति वडा अध्यक्षहरु अाइतबार पत्रकार सम्मलेन अायाेजना गरि प्रशासनिक शाखाले कार्यपालिकाको बैठक बिना र सहमति, समन्वय, सिस्टम अनुसार वडा सविचको सरुवा नगरेको भनि आरोप लगाएका छन् ।

सिस्टम, समन्वय र सहमति भन्दै आधा घण्टा रामकथा सुनाएका नगरको प्रवक्ता एवं वडा १३ का अध्यक्ष कृष्ण देवकोटाले कर्मचारी सरुवा गर्ने सिस्टम के हो भनि सम्मेलनमा पत्रकारहरुलाई परिभाषा समेत दिन सकेनन् ।

सम्मेलनमा १ का वडा अध्यक्ष बिन बहादुर बुढाथोकी, २ का अध्यक्ष राजेन्द्र यादव, ५ का अध्यक्ष थमन सिंह नेपाली, ७ का अध्यक्ष बसन्तराज दहाल, ८ का अध्यक्ष निलकण्ठ गैरे, ९ का अध्यक्ष कन्हैया थारु, १० का अध्यक्ष शेषकान्त गैरे र १३ का कृष्ण प्रसाद देवकोटा असन्तुष्ट रहेको देखिएको छ ।

यसरी वडा सविचको कुरालाई प्राथमिकतामा राखि अघोषित रुपमा एक महिनादेखि आन्दोलित रहेका ति वडा अध्यक्षहरुले नगरको विकास र सेवामा अवरोध खडा गर्ने कार्य गरेको नगरपालिकाले जनाएको छ । यस वडा सचिवको सरुवामा नगरका प्रमुख थापा र नगर उप–प्रमुख दधिराम अर्यालयको कुनै संलग्नता नरहेको नगरपालिकाले जनाएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here