बिद्दार्थीलाई सजाय दिने शिक्षिका बर्खास्त

0
373

नवलपुर, २९ कार्तिक । पुर्वी नवलपरासीकाे देवचुली नगरपालिकाको नवल बोडिङ्ग स्कुलमा गृहकार्य नगरेको भन्दै ५ जना विद्दार्थीलाई ५सय पटक उठबस गराउने शिक्षिका विद्दा चापागाईलाई विद्दालयले बर्खास्त गरेको छ ।

शिक्षिका चापागाईले गत कार्तिक १८ गते गृहकार्य नगरेको भन्दै विद्दार्थीलाई ५ सय पटक उठबस गराएको भए पनि घटना भन्ने बल्ल बाहिर सार्वजनिक भएको हो ।घटनालाई सञ्चार माध्यमले सार्वजनिक गरेपछि विद्दालयले शिक्षिकालाई बर्खास्त गर्ने बाध्य भएको हो ।

अंग्रजी बिषय पढाउने शिक्षिका चापागाईले कक्षा ४ मा अध्ययन गर्ने १२ बर्षिय कुशल रानाभाट सहित रोहित खत्री ,सुसान्त अर्याल ,अंशुमान श्रेष्ठ र प्रिन्स बसेललाई कारबाही भन्दै उठबस गराएको भन्ने समाचार सार्वजनिक भएपछि विद्दालय व्यवस्थापन समितीको वैठकले शिक्षिका चापागार्यलाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी विद्दालयका प्रिन्सीपल किरण भट्टराईले दिनुभएको छ ।

अगामी दिनमा यस्ता घट्नाहरु नदोहोराउने प्रतिबद्दता सहित बैठकले निर्णय गरेको लिखित प्रमाण नगर शिक्षा शाखा र बाल अधिकारकर्मीहरुलाई बुझाएको समेत प्रिन्सीपलले जानकारी दिदै यातनाबाट बढी प्रभावित भएका कुशलको सम्पूर्ण खर्च विद्दालयले नै बेहोर्ने बताउनु भयो । देबचुली नगरपालिका दुई महिना अगाडी मात्रै बालमैत्री नगरपालिका घोषणा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here