प्रदुषणको विरोधमा विधायक जयसवालको डिस्टिलरीमा अनिश्चितकालिन तालाबन्दी

0
294

परासी, २८ कार्तिक । डिष्टिलरीको बढदो प्रदुषणको विरोध गर्दै स्थानियले अरुणा डिष्टिलरी उद्योगमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । नवलपरासीको रामग्राम नगरपालिका १७ पटखौलीमा संचालित श्री अरुणा डिष्टिलरी उद्योग प्रालिको बढदो प्रदुषण नियन्त्रण गर्न माग गर्दै बुधबार स्थानियले उद्योगमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । यस डिष्टिलरीलाई प्रदेश ५ सांसद बैजनाथ जयसवाल र स्थानिय व्यवसायी सुबाष अग्रवालले संयुक्त रुपमा संचालन गर्दै आएका छन् ।

रामग्राम नगरपालिका ५ निवासी रामभवन यादव र सरावल ३ मनरीका सुशान्त घिमिरे, भेषनारायण चौधरीको नेतृत्वमा उद्योगको प्रदुषणको विरोधमा निक्लेको विरोध ज्लुस उद्योगको गेटमा विरोध प्रदर्शन गर्दै अनिश्चितकालिन तालाबन्दी गरेको रामभवन यादवले जानकारी दिए ।
उनले भने, डिष्टिलरी स्थापना भएदेखि यसको प्रदुषण प्रति विरोध उठदै आएको छ तर उद्योग र स्थानियको दुई पक्षिय वार्तामा उद्योग मालिकले प्रदुषण नियन्त्रण गर्न प्लान्ट छिटै जोडने भन्दै स्थानियमा भ्रम छर्दै दिनप्रति दिन झन–झन प्रदुषण फैलाउदै आएकाले यस पटक उद्योगमा अनिश्चितकालिन तालाबन्दी गरिएको यादवले बताए ।

उद्योगको प्रदुषण प्रत्यक्ष रुपमा मनरी, पटखौली, देवगाँव, कुनवारे र रामग्राम नगरपालिकाको सदरमुकाम परासी समेत दुर्गन्धित बनेको छ भने डिष्टिलरीको विकारयुक्त पानी सोझै झरही खोलामा मिसाई दिँदाले खोलाको जलचरन त नष्ट नै हुने गरेको उक्त पानी गाई बस्तुले खाने र स्थानियले उपयोग गर्न समेतको कार्यबाट बन्चित भई दुर्गन्धको चपेटामा पर्ने गरेको स्थानिय शुसान्त घिमिरेले बताए ।

त्यस्तै डिष्टिलरीको दुर्गन्धबाट गोइनि, अहिरौलि, श्रीनगर, बैकुन्ठापुर, कुनवार, तिलौलि, बासा, पिपरहिया, कोठिलहा, मगरमुडहा, पिपरा, सरावल लगाएतका गाउँका बासिन्दाहरु रुघाखोकी, दम लगाएतका रोगबाट ग्रसित भएका छन् । डिष्टिलरीको प्रदुषणले शिक्षा, स्वास्थ्य, खानेपानी, र सिचाई समेत प्रभावित बनेको स्थानियको आरोप छ ।

डिष्टिलरीको दुर्गन्ध प्रति विरोध उठेपनि जिल्ला प्रशासन कार्यालयले पनि कुनै कार्वाहीको प्रक्रिया अगाडी बढाएको पाइएको छैन । विरोध ज्लुसको कोणसभामा रामभवन यादव, शुषान्त घिमिरे, भेषनारायण चौधरी कृपाकौशल चौधरी लगाएतले दुर्गन्धलाई नियन्त्रण नगरेसम्म हाम्रो आन्दोलन जारी रहने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here