परासी, १६ कार्तिक । नेपाल नेत्र ज्योती संघ नवलपरासीको अध्यक्षमा पुनः मन्जु कण्डेल निर्विरोध निर्वाचित भएकि छिन् । संघको २९ आंै बार्षिक साधारण सभा तथा ८ आंै अधिवेशनबाट संघका अध्यक्ष मन्जु कण्डेल पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकि हुन् ।
त्यस्तै कार्यसमिति सदस्यका लागि हरि उपाध्याय, संजय कर्ण, अमरचन्द अग्रवाल, पलकधारी गुप्ता, कृष्ण लामिछाने, गोपाल शर्मा, चन्दा सिंह जिसी, सावित्री आचार्य र अनिल उपाध्याय पनि निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित यि सदस्यहरु मध्ये अध्यक्षले बैठकबाट समितिका उपाध्यक्ष र सचिव मनोनित गर्ने बताइएको छ । त्यस्तै अध्यक्षले सदस्यपनि मनोनित गर्ने बताइएको छ ।
अध्यक्ष कण्डेलको अध्यक्षता तथा नेपाल नेत्र ज्योती संघका केन्द्रिय महासचिव श्याम कुमार पोख्रेलको प्रमुख अतिथ्यतामा सो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो । साधारण सभामा बर्षभरिको आय व्यय र बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सभाको उद्दघाटन शत्रमा अध्यक्ष मन्जु कण्डेल, प्रमुख अतिथि संघका महासचिव श्याम कुमार पोख्रेले, विशिष्ट अतिथि तथा पुर्व गृहराज्य मन्त्री सांसद देवेन्द्र राज कण्डेल, विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, उपाध्यक्ष पावित्रा कोहार, रामग्राम नगरपालिका उपमेयर रम्भा कुँवर, शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राई, संघ रुपन्देही शाखाका सभापति सागर प्रताप राणा लगायतले बोलेका थिए । कार्यक्रममा संघका योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।