कुटपिटबाट नवलपरासीमा एक जनाको मृत्यु

0
354

नवलपुर, १६ कार्तिक । नवलपुरको डण्डामा मदिरा सेवन पछि भएको कुटपिटबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १६ डण्डामा गएराती मादक पदार्थ सेवन गरि कुटपिट गर्दा मध्यविन्दु चार बस्ने विष्णु थापा गम्भिर घाईते भएका थिए ।

उनको उपचारका क्रममा चितवनको नयाँ मेडिकल कलजेजमा आज बिहान साढे ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डण्डामा रहेको मामाभाञ्जा होटेल एण्ड रेष्टुरेष्टमा मादक पदार्थ सेवन गरि गएराती करिब २ बजेतिर विवाद हुँदा ६ जनाको समुहले थापालाई बोतल र हुक्काले प्रहार गरेको बताइएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कावासोती १४ का २१ वर्षिय सुदिप कुमार क्षेत्री , कावासोती १६ का १७ वर्षिय अमित गुरुङ्ग , मध्यविन्दु नगरपालिका ४ का १९ वर्षिय सन्दिप क्षेत्री, हुप्सेकोट गाँउपालिका २ का ३५ वर्षिय कृष्ण भण्डारी, पश्चिम नवलपरासी रामग्राम ४ का २१ वर्षिय राजेश कुमार ठाकुर र रोल्पा लिवाङ्गका १७ वर्षिय अर्जुन पुनलाई नियन्त्रणमा लिईएको नवलपुर प्रहरीले जनाएको छ । (साभारः नारायणी अनलाइन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here