राजग्राम जेसीजद्धारा युवाहरुलाई नेतृत्व विकास तालिम प्रदान

0
233

परासी, १६ कार्तिक । रामग्राम जेसीज नवलपरासीले जिल्लाका युवा युवतीहरुलाई नेतृत्व विकास तथा उत्पेरणा सम्बन्धित तालिम प्रदान गरेको छ । युवाहरुको क्षमता तथा नेतृत्व विकास गर्न र समाजमा योगदान पु¥याउन उत्प्रेरित गर्ने उद्देश्यले सो तालिम प्रदान गरेको हो ।

जेसीजका कार्यकारी उपाध्यक्ष सन्दिप अग्रहरीको संयोजकत्व तथा जेसीजको अध्यक्ष मुक्ति प्रसाद पौडेलको अध्यक्षतामा भएको तालिम उद्दघाटन शत्रको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सिनेटर राजेन्द्र घिमिरेले कार्यक्रमको उद्दघाटन गरेका थिए ।

तालिममा नेपाल जेसीजका तालिम संयोजक रमेश अर्यालले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा विभिन्न क्षेत्रबाट सहभागि ३५ जना युवा–युवतीहरुलाई नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धित तालिम प्रदान गरेका थिए ।

तालिमको समापन कार्यक्रममा अध्यक्ष मुक्ति प्रसाद पौडेल, प्रमुख अतिथि एवं नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरे, अतिथि एवं प्रमुख प्रशिक्षक रमेश अर्याल, उपभोक्ता हकहित संरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवाली, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, निवर्तमान अध्यक्ष संजय कुमार पाठक, महासचिव उर्मिला अग्रहरी, रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई लगायतले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here