♦जितेन्द्र गुप्ता–
महेसपुर, १६ कार्तिक । नवलपरासीको सिमा–नाकामा भैरहेको चोरी तस्करी नियन्त्रण गर्न शसस्त्र प्रहरी बल सक्रिय भएपछि महेसपुर भन्सारको राजस्व बढन थालेको छ ।
सिमामा भैरहेको चोरी तस्करीका सर–समानहरु शसस्त्र प्रहरी बलले नियन्त्रणमा लिन थालेपछि तस्करहरु चोरी तस्करी छोडदै भन्सार गरेर सर–समान नेपाल भित्राउ थालेका छन् जसको कारण महेसपुर भन्सारको राजस्व बढन थालेको छ ।
विगतका समयदेखि सिमा क्षेत्रका स्थानिय तस्करहरु भन्सार छलेर विभिन्न सर–समान नेपालबाट भारत र भारतबाट नेपाल भित्राउदै आएका थिए तर एक महिनादेखि शसस्त्र प्रहरी बल नेपाल २६ नं. गण नवलपरासीले एलआरपी अपरेश संचालन गरि सिमामा निगरानी बढाएपछि तस्करहरुमा भागम–भाग मचिएर चोरी तस्करी नियन्त्रण हुन थालेको गणका गणपति एवं शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईले जानकारी दिए ।
सिमा शसस्त्र प्रहरीको कडा निगरानीले चोरी तस्करी घटदै असोज महिनामा मात्र महेसपुर भन्सारले करिब १ करोड रुपैया राजस्व संकलन गरेको जनाएको थियो ।
त्यस्तै शुक्रबार फेरि शसस्त्र प्रहरी बलले सिमाबाट करिब एक लाख रुपैया बराबरको विभिन्न सर–समान बरामद गरेको छ । शसस्त्र प्रहरी बल २६ नं. नवलपरासीका गणपति शसस्त्र प्रहरी उपरिक्षक गहार्धन राईको निर्देशनमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली नेपाल भित्राउदै गरेको विभिन्न सर–समान बरामद गरि आवश्यक कार्वाहीको लागि महेसपुर मुल भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी उपरिक्षक राईले जानकारी दिए ।
प्रहरी उपरिक्षक राईको निर्देशनमा खटिएको प्रहरी टोलीलले शुक्रबार विहान ८ बजेको समयमा जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ गोपालपुरबाट बेसन ७५ किलो, सोनपापरी ५२७ किलो, लहसुन १३० किलो, लड्डुको दाना १ सय किलो, खेलौना २८८ वटा, रबर ब्याण्ड ९० पिस, बेलुन खेलौना ८ प्याकेट बरामद गरेको छ । प्रहरीको टोली देखेर कारोबारीहरु फरार भएका थिए । बरामद भएका यि सर–समानहरु करिब १ लाख रुपैयाको रहेको बेलासपुर गणले जनाएको छ ।