रामग्राम जेसीजद्धारा निशुल्क दन्त शिविर संचालन

0
271


परासी, १५ कार्तिक । रामग्राम जेसीज नवलपरासीले जेसीजको सप्ताहव्यापी कार्यक्रम २०१८ अन्तर्गत आज निशुल्क दन्त शिविर संचालन गरेको छ । जेसीजले जिल्लाको रामग्राम नगरपालिका १६ स्थित बुद्ध ज्योती प्रावि अमहवाँमा निशुल्क दन्त शिविर संचालन गरि ६५ जना विद्यार्थीहरुलाई उपचार सेवा प्रदान गरेको छ ।

जेसीजले विद्यार्थीहरुको दन्त तथा शारिरीक सरफाईका लागि ४० जना विद्यार्थीहरुलाई एक थान तुथपेष्ट ब्रस, र साबुन समेत वितरण गरिएको रामग्राम जेसीजका अध्यक्ष मुक्ति प्रसाद पौडेलले जानकारी दिए ।

रामग्राम जेसीजका उपाध्यक्ष पुष्पा खनालको संयोजकत्व तथा रामग्राम जेसीजको अध्यक्ष मुक्ति प्रसाद पौडेलको अध्यक्षतामा भएको सो शिविर कार्यक्रमको औपचारिक उद्दघाटन रामग्राम नगरपालिका उप–प्रमुख रम्भा कुँवरले गरेकि थिईन् । कार्यक्रमा दुई जना दन्त चिकित्सकले ति विद्यालयका विद्यार्थीहरुको दान्त चेकअप गर्दै दान्तको सरसफाई गर्न सहि तरिका सिकाएका थिए ।

त्यस्तै कार्तिक १४ बुधबार रामग्राम जेसीजले जेसीजको सप्ताहव्यपापी कार्यक्रमको समुदघाटन गरि २१ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

जेसीजको उपाध्यक्ष हुसैन अंसारीको संयोजकत्व तथा जेसीजको अध्यक्ष मुक्ति प्रसाद पौडेलको अध्यक्षता एवं रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्यतामा सप्ताह व्यापी कार्यक्रमको समुद्दघाटन तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम गरिएको थियो ।

रामग्राम १० नदवाँ स्थित श्री राजेश्वरी प्राविमा गरिएको कार्यक्रममा २१ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई एक थान ब्याग, ३ थान कपी र पेन्सिल कटर, ईरेजर समेत वितरण गरिएको जेसीजका अध्यक्ष मुक्ति पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here