बल्ल तात्यो प्रहरी : ठुला तस्कर चुपचाप, साना तस्करको भागम–भाग

0
314


परासी, १५ कार्तिक । विगत लामो समयदेखि प्रहरी एवं तस्करहरुको सेटिङ्गमा भैरहेको चोरी तस्करीमा यतिबेला लगाम लागेको छ । सिमा क्षेत्रमा बसोबास गर्ने विभिन्न सर–समानको तस्करी गर्दै आएका स्थनिय तस्करहरु प्रहरी संग सेटिङ्ग मिलाएर विभिन्न सर–सामानको तस्करी गर्दै आएका थिए तर चोरी तस्करी प्रति जन गुनासो बढेपछि प्रहरी माहौल मिलाउन यतिबेला स–साना तस्करहरुलाई चपेटामा लिने गरेको एक स्थानियले बताए ।

उक्त स्थानियले भने, दशंैको बेलासम्म नेपालबाट भारतमा मरिच, मटर, मकै र भारतबाट नेपालमा चल्ला, कपडा लत्ता, भाँडाकुडा, हार्डवेयर र खाद्यान्न लगायतका सामाग्रीहरुको खुब चोरी तस्करी भयो तर अहिले बल्ल शसस्त्र प्रहरी एवं नेपाल प्रहरी तातेर उक्त चोरी तस्करीलाई नियन्त्रणमा लिने कार्य गरेको बताए । सिमा शसस्त्र एवं नेपाल प्रहरीको सक्रियता बढेपछि तस्करहरुमा भागम–भाग मचेको छ ।

त्यसैबिच आजपनि शसस्त्र प्रहरी बल बिओपी हरपुरले सिमबाट मरिच र मटर बरामद गरेको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुर झरही खोला बन्धाबाट नेपालबाट भारत लैजाने क्रममा १ लाख ८५ हजार रपैया बराबरको मटर र मरिच बरामद गरेको हो ।

बिओपी प्रमुख शसस्त्र प्रहरी निरक्षक राजकुमार अधिकारीको निर्देशमा खटिएको प्रहरी गस्ती टोलीले विहान ५ बजेको समयमा स्थानिय तस्करहरुले बन्धाको बाटो नेपालबाट भारत लैजाने क्रममा २ क्विन्टल मचिर र ७५ केजी मटर बरामद गरेको जनाएको छ ।

कारोबारीले प्रहरीको टोली देखेर समान छोडी फरार भएका थिए । बरामद मटर र मरिच आवश्यक कार्वाहीको लागि महेसपुर मुल भन्सार कार्यालय पठाइएको ईन्सपेक्टर अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here