बर्दघाटकाे एक फर्निचर उद्योगमा आगलागी भइ १ करोड ५० लाख क्षति

0
342

बर्दघाट, १३ कार्तिक । पश्चिम नवलपरासीको बर्दघाटनगरपालिका ४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागि हुंदा एक करोड ५० लाखको क्षति भएको छ । आगलागिका कारण उद्योमा रहेका सम्पूर्ण सामान र उद्योग परिसरमा राखिएको संचालक राजु पाण्डेको  बा १३ च ८००६ नम्बरको कार समेत जलेर पुर्ण रुपमा क्षति भएको छ ।

विहान पौने ९ बजे तिरको समयमा उद्योगमा एक्कासी आगलागि भएको स्थानियले बताएका छन् । आगलागि हुनुको कारण खुल्न सकेको छैन । आगलागि भएपछि स्थानिय , नेपाल प्रहरी , शसस्त्र प्रहरीले निभाउने प्रयास गरेका थिए । आगलागि भएको १ घण्टा पछि रामग्राम नगरपालिकाको दम्कल आएपछि आगो निभाउन सहज भएको हो । करिव २ घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

बर्दघाटमै दमकल नभएका कारण समयमा आगो नियन्त्रण नहुंदा उद्योगमा पूर्ण रुपमा क्षति भएको स्थानियहरुको भनाई छ । नगरपालिकाले आगामी दिनमा हुनसक्ने सम्भावित घटनालाई मध्यनगर गर्दै दमकल खरिद गर्नुपर्ने बताएका छन् ।

घटनापछि बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले घटनाले आफुलाई थप सचेत बनाएको भन्दै पश्चिम नवलपरासीका ७ वटै स्थानिय तहलाई पायक पर्ने गरी दुईवटा केन्द्र विन्दु मानेर बारुणयन्त्र खरिद गर्ने योजना बनाए पनि पूर्णता नपाएका बताउनुभयोे  । बस्यालले परासी र बर्दघाटलाई केन्द्र मानेर बारुण यन्त्र राखिने समेत बताउनुभएको छ । छिट्टैनै सवै स्थानिय तह विच छलफल गरेर प्रकृयामा लैजाने बताउनुभयो । (साभारःरेडियाे दाैतरी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here