कपिलवस्तु, १२ कार्तिक । कपिलवस्तुको गोरुसिंगे जितपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पश्चिमबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १४७७ नम्बरको टिपर र बुटवलबाट दाङतर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाईत ११ जनामध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेहरुको अझैं सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । (राताेपाटी)