सुनवल नगर प्रमुख थापाद्धारा नव निर्मित महिला उद्यम केन्द्र भवनको उद्दघाटन

0
555


परासी, १२ कार्तिक । नवलपरासीको सुनवल नगरपालिका वडा ६ मा नव निर्मित सामुदायिक महिला उद्यम केन्द्र भवनको आज एक कार्यक्रम बिच उद्दघाटन भएको छ । महिला उद्यम केन्द्र निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले उक्त नव निर्मित भवनको रिबन काटेर भवनको उद्दघाटन गरेका हुन् । साथै भवनमा लेखिएकोे शिलालेखलाई पनि अनावरण गरेका हुन् ।

सुनवल नगरपालिकाले प्रत्येक वडामा एक महिला उद्यम केन्द्र स्थापना गरि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले आज वडा ६ मा सो भवन निर्माण गरि उद्दघाटन गरेको हो । उक्त भवन ११ लाख २५ हजार रुपैयाको लागतमा एउटा निर्माण गरिएको छ । महिला उद्यम केन्द्र संचालनका लागि वडामा पठाइएको बजेटले सो उद्यम केन्द्रमा चाहिने यन्त्र, उपकरणहरु ल्याई सो वडाका महिलाहरुलाई उद्यमी बनाउने कार्य गरिने नगर प्रमुख थापाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि एवं नगर प्रमुख भिम बहादुर थापाक्षेत्री, विशिष्ट अतिथि नगर उप–प्रमुख दधिराम अर्याल, अतिथि एवं वडा ६ का अध्यक्ष रामप्रसाद लामा, कार्यपालिका सदस्य शान्ता भण्डारी, नेपाल खानेपानी उपभोक्ता महासंघका केन्द्रिय सदस्य थान प्रसाद गैरे, रेडियो सुनवलका अध्यक्ष विष्णु पौडेल लगायतले मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here