धान खेतीमा अाज्ञात समुहद्धारा आगजनी

0
319


कावासाेती , १२ कात्तिक । पुर्वी नवलपरासीकाे हुप्सेकोट गाउपालिका एक वेलुवा निवासी लिलाराम लम्सालको खेतमा कुन्यो लागाएर राखेको धानमा अज्ञात समुहले आगजनी गरिदिएको छ । आईतवारराती आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ । १५ कठ्ठा खेतमा लगाएको धान पुरै जलेर नष्ट भएको छ । करीब ५० मुरी धान जलेर नष्ट भएको छ ।

सोमवार विहान खेतमा काम गर्न गएका छिमेकीले धान जलेर नष्ट भएको देखेपछि मात्रै लम्साल परिवारले घटना बारे थाहा पाएर प्रहरीलाई खबर गरेको थियो । घटना किन र कसरी भयो भन्ने बारेमा अनुषनन्धान भईरहेको प्रहरीले जनाएको छ ।(रेडियाे कावासाेतीकाे फेसबुक पेजबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here