कोहार समाजको अध्यक्षमा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार चयन

0
450


परासी, १० कार्तिक । नेपाल कोहार समाज उत्थान समिति नवलपरासीको अध्यक्ष पदमा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार सर्वसम्मत रुपल चयन भएकि छन् ।

शनिवार भएको समितिको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पावित्रा कोहारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समाजका निवर्तमान अध्यक्ष कन्हैया कोहारको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको प्रमुख अतिथ्यतामा भएको समितिको तेश्रो जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पावित्रा कोहार, उपाध्यक्षमा रामहर्ष कोहार, सचिवमा निर्मला प्रजापति, सह–सचिवमा गिरधारी कोहार, कोषाध्यक्षमा श्यामसुन्दर कोहार चयन भएका छन् ।

त्यस्तै सदस्यमा रम्भादेवी कोहार, नरसिंह कोहार, अमरजित कोहार, प्रहलाद कोहार, श्याम कोहार, जितेन्द्र कोहार, गुन्जा कोहार चयन भएका छन् ।

त्यस्तै समितिको सल्लाहकारमा अभिमन्यु कोहार, ताराचन्द्र बर्मा, रामाशंकर कोहार र केन्द्रिय प्रतिनिधिमा अध्यक्ष पावित्रा कोहार, कन्हैया कोहार, नन्दलाल कुमाल, मोहन प्रजापतिलाई चयन गरिएको केन्द्रिय प्रतिनिधि नन्दलाल कुमालले जानकारी दिएका छन् ।

जिल्ला अधिवेशनको उद्दघाटन शत्रमा निवर्तमान अध्यक्ष कन्हैया कोहार, प्रमुख अतिथि पावित्रा कोहार, रामा शंकर कोहार, ताराचन्द्र बर्मा, नन्दलाल कुमाल, निर्मला प्रजापति लगायतले बोलेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवं अध्यक्ष पावित्रा कोहार संगै व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here