परासी, १० कार्तिक । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले सुस्ताबासीलाई स्वास्थ्य उपचार सेवा दिन निशुक्ल स्वास्थ्य शिविर संचालन गरेको छ । तरुण दलले आफनो ६५ आंै स्थापना दिवस मनाउन र सुस्तबासीहरुलाई स्वास्थ्य उपचार सेवा दिने उद्देश्यले सुस्ता भुमीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
एक साता अगाडी सुस्ताको समस्या बुझन गएको तरुण दलको टोलीले सुस्तामा खराब खानेपानी र वरपरको प्रदुषणले सुस्ताबासीहरुमा छाला रोगको संक्रमण देखेपछि सो रोगको उपचारका लागि तरुण दलले आफनो ६५ आंै स्थापना दिवसको अवसर पार्दै सुस्ता भुमीमा निशुल्क स्वास्थय शिविरको आयोजना गरेको तरुण दलका सभापति सुक बहादुर गुरुङ्गले जानकारी दिए ।
सुस्तामा छाला तथा विभिन्न रोगको संक्रमण बढदै जाँदा तरुण दलले देवदह मेडिकल कलेजबाट छाला तथा महिला विशेषयज्ञ चिकित्सक र जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी र चिसापानी अस्प्तालबाट थप चिकित्स सहित निशुल्क औषधी एवं प्राविधिक सहयोग लिएर सुस्तामा उपचार सेवा दिन पुगेको तरुण दलका जिल्ला सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए । उनले भने, सुस्तामा दिइएको निशुल्क उपचार सेवाबाट करिब ३ सय जना लाभाविन्त भएका छन् । विशषे गरि विरामीहरुकोे छाला, सुगर प्रेसर, ज्वरो, झाडापखाला रुघाखोकी र महिलाहरुको यौन तथा प्रजनन सम्बन्धित चेकअप गरिएको छ । विरामीहरुको स्वास्थय जाँच संगै औषधीहरु पनि निशुल्क रुपमा वितरण गरिएको पौडेलले जानकारी दिए ।
स्वास्थ्य शिविरको औपचारिक उद्दघाटन शत्र तरुण दलको जिल्ला सभापति शुक बहादुर गुरुङ्गको अध्यक्षता तथा पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता देवकरण कलवारको प्रमुख अतिथ्यता र पुर्व सांसद एवं नेपाली कांग्रेसका नेता विक्रम खनालको विशिष्ट अतिथ्यतामा भएकोे थियो ।
शिविरको उद्दघाटन शत्रमा प्रमुख अतिथि एवं पुर्व सांसद नेता सन्तु कलवार, विशिष्ट अतिथि एवं पुर्व सांसद नेता विक्रम खनाल, अतिथि नेका जिल्ला सदस्य कुलदिप आचार्य, जिल्ला सदस्य चन्द्र प्रसाद ढकाल, क्षेत्र ५ को सभापति दिनेशमणि पटेल, बरिष्ठ नेता उमेश चन्द्र यादव, मुस्लिम संघका जिल्ला सभापति करिम खान, तरुण दलका सह–सचिव भरत पौडेल, जिल्ला सदस्य यज्ञ प्रसाद पौडेल लगायतले सुस्ताबासीको समस्या सामाधान गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।