नवलपुर बस दुर्घटनामा परि एघार जना घाइते

0
368

नवलपुर, १० कार्तिक । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।  बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनमा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले जानकारी दिए । घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको उनले बताए ।

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका छन् । गम्भीर घाइते भएका उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  अरुणखोलामा यसअघि गत कार्तिक ४ गते पनि बस दुर्घटना भएको थियो ।  (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here