सुस्ताको क्यानल स्कुलमा आगलागी

0
651

परासी, १० कार्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको छ । गाउँपालिका अध्यक्ष अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको हो ।

शुक्रबास राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताए । उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिएका थिए ।

आगलागीबाट करीब आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताए । आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here