परासी, ९ कातिक । मृतक गणेश मल्लाहलाई रडले हानी हत्या गरिएको अनुगमन गर्दै नजर अन्दाज गर्ने प्रहरीे मृतकको शव पोष्टमार्टमपछि टाउकोमा गोलि भेटिदा प्रहरी विच खैलाबैला मचेको छ । कातिक ५ गत करिब ९ बजे राती प्रतापपुर ४ वर्दघाटे पुल नजिकैको बगैचामा मल्लह मृत अवस्थामा भेटिएका थिए ।
भोली पल्ट उनको लाशको पोष्टमार्टम गर्न जिल्ला पृथ्वीचन्द्र अस्प्ताल ल्याइयो । घटनालाई समान्य रुपमा लिईने प्रहरीले मल्लहको पोष्टमार्टममा टाउकोमा गोलि भेटिदा प्रहरीलाई टाउको दुखाई भएको छ ।
मृतक पाल्हीनन्दन गाउपालिका १ सुनरीका ३६ बर्षिय गणेश मल्लाहको रहेको खुलेको छ । कार्तिक ५ गते राती ९ बजे खेतीपाती हेरेर घर फर्कि रहेको मृतक मल्लाह र पाल्हीनन्दन गाउँपालिका ३ कुश्माका नर्वदेश्वर चौहानलाई उनका व्यपारी साथीहरुले छलफल गर्न घटना स्थल बर्दघाटे पुलमा बोलाएका थिए ।
गोली हानी हत्या गर्ने र मृतक मल्लाह विगत लामो समयदेखि सामुहिक रुपमा विभिन्न सर–सामानको व्यपार गर्दै आएका थिए । पैसाकै लेनदेनले मृतक मल्लाहलाई उनका सथाीहरुले गोली हानी हत्या गरेको पिडित पक्षको आरोप छ ।
घटना स्थलमा प्रहरीले लाससंगै एक थान मोटरसाईकल र एक थान लागु औषध र मृतकको मोबाईल भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसंधानबाट मृतक मल्लाहको टाउकोमा चोट देखिदा टाउकोमा रडले प्रहार गरि हत्या गरेको प्रहरीको अनुमान थियो तर पोष्टमार्टमले टाउको गोली भेटिएपछि घटना प्रहरीको लागि थप जटिल बनेको छ ।
सोही घटनामा मृतक मल्लाह संग हिडेका साथी चौहान आक्रमणमा परि घाईते मात्र भए र मल्लाहको गोली हानी हत्या भयो यो विषय थप रहस्मय बनेको छ ।
व्यपारकै सिलसिलामा यिनीहरु बिच बादविवाद हुदै हतियार प्रयोग गरि हत्या गर्ने सम्मको घटना घटाइयो तर प्रहरीको अनुसन्धान र फरार अपराधीलाई खोजी तलासको कार्यमा खासै प्रगति देखिएको छैन । यसरी सिमा क्षेत्रमा सानो हतियारको विगविगी बढदै हत्याका घटना समेत बढिरहदा भने प्रहरी प्रशासन भने मौन बसेको पिडित परिवारले आरोप लगाए ।
यता प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाल्हीनन्दन ३ कुश्मा बस्ने ३६ बर्षिय नर्वदेश्वर चौहान,सोही ठाँउ बस्ने ३० बर्षिय ओमकार पाण्डे र सुस्ता गाउपालिका ४ बस्ने ३४ बर्षिय जनक गुरुगँलाई पक्राउ गरि म्याद थप गरि अनुसंधान गरिरहेको जनाएको छ ।
मृतक ,पक्राउ पर्ने व्यक्ति र आक्रमण गरि फरार हुने अपराधी एक अर्काका साथी र सामुहिक रुपमा ब्यपार समेत गर्दै आएका थिए । यिनीहरु विच लेनदेनको घटनाले मनमुटाव बढदै गएको हुदा सो मनमुटावले हत्यासम्मको घटनामा पुगेको स्थानियले बताएका छन् । घटना भएको बेला केही राजनीतिक दवाव र प्रभावमा परेर प्रहरीले हत्या प्रकरणलाई समान्यीकरण गर्न खोजेको पिडित पक्षको आरोप छ ।