परासी, ९ कार्तिक । २० अर्बको गिट्टीबालुवा खानीमा बालुवा लोड गरिरहेको एक ट्रक नियन्त्रणमा लिइएको छ । नवलपरासीको सुस्ता गाउँपालिका ३ नर्सही र प्रतापपुर गाउँपालिका ८ पिपरपातीको बिचमा रहेको उक्त खानीमा अवैध उत्खनन गरि ना.४ ख २८४५ नम्बरको ट्रकमा लोड गर्दा गर्दै नियन्त्रणमा लिइएका हो ।
जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले सो खानीक क्षेत्रमो अनुगमन गर्न पुग्दा खानीमा भिडेको टयाक्टर सहितको तस्करको भाग भाग मचेको थियो । जिसस प्रमुख रायले गिट्टीबालुवा खानी क्षेत्रको स्थलगत अनुगमन बालुवा लोड गरिरहेको उक्त ट्रक बरामद गरि प्रहरीलाई जिम्मा लगाएका थिए ।
गण्डक(नारायणी) नदीसंग जोडिएको सुस्ता र प्रतापपुर गाउपालिकाको सिमानामा फैलिएको २० अर्ब मुल्य बराबरको गिट्टीबालुवा खानीमा दैनिक दर्जन भन्दा बढि टेक्टर र ट्रकले गिट्टि बालुवा लोड गरि चोरी–तस्करी हुने गरेको पाइएको छ । सो खानी सुस्ता गाउँपालिकाको कुडिया, नर्सही र प्रतापपुर गाउँपालिकाको बद्रीघाट, पिपरपाती र गुठीपर्साैनीको बिचमा रहेको क्षेत्र हो । कहिले खानीमा त कहिले गण्डकी नदीमै ढुगाँ गिट्टि,बालुवा चोर्ने र रजाई गर्ने तस्करको क्षेत्र हो । सो क्षेत्रमा जाने प्रहरी र प्रशासन समेत तस्करलाई प्रभावित गर्नु भन्दा तस्करबाटै प्रभावित हुने गरेका छन् ।
गण्डक बाँध भत्किने खत्तरा देखाउदै एक डेढ दशक पहिला नै भारतको गंगा बाढ नियन्त्रण आयोगको निर्देशनमा भारत सरकारले नेपालको स्थानिय प्रशासन, तत्कालिन जिविस र प्रहरी कार्यालयलाई सिचाई अभियन्ता कार्यालय महराजगंजले पत्राचार गरि रोक्न लगाएको थियो । त्यही बेला देखी नारायणी नदीमा जिविसले निकासी ठेक्का गर्ने कार्य पनि छाड्यो । तर तस्करले चोरी निकासी कार्य छाडेनन् । बाढीको बेला खानीमा सुख्खा मौषम आए खानी र नदी दुबैमा चोरी तस्करी हुने गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारी र छरछिमेकको प्रहरी चौकीको मिलोमतोमा सो खानीबाट दिनहुँ लाखांैको मालको तस्करी हुने गरेको पाइएको छ । केहि तस्करहरु गिट्टीबालुवा निकासीको फर्म दर्ता गराई रातभरि खानीमा अवैध उत्खनन गर्ने र दिनभरि बेचविखन गर्ने गरेको एक जनप्रतिनिधिले आरोप लगाए । करिब एक हजार विघामा फैलिएको उक्त गिट्टीबालुवा खानीमा कोई पोखरीको नाममा त कोई गाउँघरको कामकाजको बहानामा अवैध उत्खनन गरि अवैध भण्डारण गरेको प्रत्यक्ष देख्न सकिन्छ । खानीको उत्खनन र संरक्षण प्रति सम्बन्धित गाउँपालिका र सरकारी निकाय मौन हुँदा तस्करको राज नै भएको छ ।
गण्डक सम्झौता पुर्व नारायणी नदीले धार परिवर्तन गर्दा उतm नदीबाट क्षेत्रमा डेढ मिटर उचाईको गिट्टीबालुवा र ढुङ्गा बगेर भण्डार भएको छ । अहिले सम्झौता पछि नदीमा बि गैप बाँध बने पछि सो क्षेत्र खानीको रुपमा परिणत भएको छ । २०७० सालमा तत्कालिन जिविसले सो क्षेत्रमा २० अर्ब बराबरको गिट्टीबालुवा भण्डार रहेको अवस्था जानकारी गराएको थियो ।
जिल्ला समन्वय समिति अनुसार एक हजार विघामा डेढ मिटर गहिराईको गिट्टीबालुवा थन्किएको छ । यसरी ति थन्किएका गिट्टीबालुवा अनुमानित १ करोड १ लाख ५८ हजार ९ सय ४५ घनमिटर रहेको छ । ति गिट्टीबालुवा एक टालीमा २ दशमलव ५ घनमिटरको हिसाबले ४ लाख ६३ हजार ५ सय ७८ टाली खानीमा गिट्टि र बालुवा रहेको देखिन्छ । प्रति टाली बजार मुल्य ५ हजार मुल्य रहेको हुदा पुरै खानीको अनुमानित मुल्य २० अर्ब ३१ करोड ७८ लाख ९० रुपिया बराबरको खानी रहेको अनुमान गरिएको छ ।
राज्यको अर्बाैको राजस्व उठ्ने खानी प्रति वेवास्ता गर्दा चोरी तस्करीको समस्या रहेको छ । खानी प्रति संरक्षण गर्ने निकाय संरक्षण गर्न तर्फ ध्यान दिएको देखिदैन् । उल्टै स्थानिय प्रहरी चौकी र इलाका प्रहरी कार्यालयलाई आर्थिक प्रलोभन देखाई चोरी तस्करी हुने गरेको पाइएको जिससले जनाएको छ । स्थानिय तह पनि त्यस प्रति बेखबर छन् । आफ्नै कार्यकर्ताहरु चोरी तस्करीमा लागेका कारण थाहा पाए पनि थाहा नपाए झै जनप्रतिनिधिहरुले प्रतिकृया दिने गरेका छन् ।
सो खानीबाट झिकिएको गिट्टीबालुवा भारतिय बजारसम्म जाने गरेको बताइएको छ । अहिले नेपालमै चुरेका खोलाको निकासी बन्द रहेको अवस्थामा खानीबाट चोरी बढेको स्थानियले बताएका छन् । संरक्षणको जिम्मेवारी पाएको गाउपालिकाका जनप्रतिनिधि समेत संलग्नता हुने हुने आरोप स्थानियबासीको रहेको छ । प्रति टेक्टर १ हजारको दरले प्रहरी खाजस्व लिएर छाडे पछि करोडौको राजस्व गुम्ने गरेको आरोप स्थानियबासीको रहेको छ । जैविक विविधतालाई हानी पुर्याउने गरी हुने गरेको चोरी तस्करीले राजस्व गुमाउने अवस्था छ ।