मलखादको माग गर्दै परासीमा विरोध प्रदर्शन

0
348


परासी, ९ कार्तिक । किसानहरु मलखाद नपाएपछि सदरमुकाम परासीमा विरोध प्रदर्शन गरेका छन् । खेतीपातीको बेला रासायनिक मल, डिएपी नपाएपछि कृषकहरुले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् ।

डिएपीको बेला युरिया र युरिया चाहिएकोे बेला डिएपी दिने कृषि समाग्री कम्पनीको विरोधमा रामग्राम नगरपालिका कार्यालयबाट निस्केको विरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेर प्रदर्शन गरेको थियो । जय किसान संघर्ष समितिका संयोजक रामभवन यादवको अगुवाईमा विरोध र्याली नगरपरिक्रमा गर्दै जिल्ला सदरमुकामको आदर्श बहुमुखी सहकारी संस्थामा पनि पुगेर प्रदर्शन गरेको थियो ।

मल वितरण केन्द्रमा मल छ, तर दिएको छैन भन्दै कृषकटोली विरोध प्रदर्शन गर्दै मलको माग गरेका थिए । अहिले खेतमा मसुरो, तोरी र गहुँ छर्ने समय छ तर किसानहरु मल पाएका छैनन् । मल लिन गाउँ–घरबाट एक सातादेखि मल वितरण केन्द्रमा दौडधुप गर्दै आएका किसानहरु मल नपाएपछि आक्रोसित बन्दै विरोध प्रदर्शन गरेको संयोजक यादवले बताए ।

सबै राजनीतिक दलमा कृषक संघ संगठन छन्,तर कृषकको समस्या सामाधानका लागि कसैले पनि आवाज नउठाउने कषृकहरुको आरोप छ । कृषकले पाउने मलमा समेत राजनीति गर्ने राजनीतिक नेताहरु अहिले अभावको बेला चुप्पी साधेको यादवको भनाई छ ।

करिब सय जनाको संख्यामा आएका कृषकले अहिले चेतावनी मुलक प्रदर्शन र ज्ञापनपत्र दिएका छन् । बेलामा मल उपलब्ध नगराइए हजारौको संख्यामा किसान सरकारको विरोधमा उत्रिने चेतावनी समेत दिएका थिए । जनताको सेवा गर्न भनेर स्थानिय सरकार सञ्चालन गर्ने जनप्रतिनिधि प्रति पनि मल नपाएकोमा आक्रोस ब्यतm गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here