नवलपुर, ८ कात्तिक । नवलपुर कावासोतीको खरकट्टा जंगलमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।
पूर्व पश्चिम राजमार्ग अन्तरर्गत कावासोतीको खरकट्टा जंगलमा पूर्व वाट पश्चिम तर्फ आउंदै गरेको लु ५ प २१७१ नं को मोटर साईकल र ना ५९ प ९४६४ नं को मोटर साइकल एक आपसमा ठक्कर खादा लु ५ प २१७१ नं को मोटर साईकलका चालक कावासोती १२ निवासी अन्दाजी वर्ष २१ का मेन्जन गुरौ को भरतपुरको नया मेडिकल कलेजमा उपचारको क्रममा साँझ सात बजे मूत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
त्यसैगरी ना ५९ प ९४६४ नं को मोटर साइकलमा पछाडी सवार कावासोती ८ निवासी अन्दाजी २३ वर्षीय खीमलाल कडेंलको अवस्था गम्भिर रहेका छ भने चालक कावासोती ३ निवासी अन्दाजी २० वर्षिय कसिक राज अमात्यको अवस्था मध्यम रहेको र घाइतेको उपचार भरतपुरको नयां मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।