परासी, ७ कार्तिक । नवलपरासीको रामग्राम नगरपालिका ७ देउरवाँ–उजैनी जोडने पक्की पुल नहुँदा यात्रीलाई समस्या भएको छ । देउरवाँ–उजैनी भई बगेको झरही खोलामा पक्की पुल नभएकाले स्थानिय जनताहरु आवत जावतका लागि बाँसको पुल बनाई काम चलाएका छन् ।
बाढीको सयममा उक्त बाटो बन्द हुने गर्दछ तर नदीमा पानी कम भएको बेला यसै पुलको प्रयोग गर्ने गरिएको स्थानियले बताए । परासी सदरमुकाम, महेसपुर बजार पुग्न र खेती पाती गर्न यहि बाटो नजिक र सहज हुने गरेकाले यहि बाटो बढि प्रयोग गर्ने गरिएको छ ।
बाढीमा यो पुल सधंै बग्ने गर्दछ तर पनि काम चलाउन स्थानियले बाँसको काम चलाउ पुल बनाई ओहोर दाहोर गर्ने गरेका छन् । यस नदीमा पक्क पुलको आयोजना परेपछि अझै यसको गृहकार्य थालिएको छैन ।