परासी, ७ कार्तिक । नवलपरासीको झरही खोला तथा तुरिया खोलामा अवैध उत्खनन बढेको पाइएको छ । स्थानिय बालुवा तथा भस्कट तस्करहरु दिन दहाडै झरही तथा तुरिया खोलाबाट अवैध उत्खनन गरि खोलाजन्य पदार्थको चोरी तस्करी गरेको जनगुनासो बढेको छ । तस्करहरु मौका छोप्दै खोलाबाट बालुवा र भस्कट झिकेर प्रति ट्राली २ हजार देखि २५ सय रुपैया सम्ममा विक्री गरिरहेको स्थानियले बताए ।
खोलाबाट खोला जन्य पदार्थको निकासी ठेक्का नलागेपनि तस्करहरु दिन दहाडै खोलाहरुबाट बालुवा तथा भस्कट निकालेर विक्री गरिरहेका छन् । केहि तस्करहरुले तुरिया खोलाबाट अवैध उत्खनन गरि रामग्राम नगरपालिका १८ बडगोमा रहेका ईट्टा भट्टालाई सप्लाई गरेका छन् भने केहि तस्करहरु अवैध उत्खनन गरि ठाउ–ठाउँमा स्टक गरि उपभोक्ता एवं उद्योग कलकारखानालाई विक्री गरेको पाइएको छ ।
यसरी रामग्राम नगरपालिकाको लाखांै रुपैया राजस्व छली भैरहदा भने रामग्राम नगरपालिका मौन बसेको छ । त्यस्तै यसको रोकथाम गर्ने निकाय जिल्ला प्रहरी कार्यालयले पनि यसको नियन्त्रणमा ध्यान दिएको छैन । यता जिल्लाको नारायणी नदी, झरही, तुरिया, भलुही र खजुरा लगायतका खोलाहरुमा पनि प्रहरीको मिलोमतो खोलाजन्य पदार्थको चोरी तस्करी भैरहेको स्थानियले आरोप लगाएका छन् ।