–सहबान अंसारी—
परासी, ७ कार्तिक । नवलपरासीको एक विद्यालयमा शौचालयको मर्मत नहुँदा विद्यार्थीहरु खेतमा दिसा पिसाब गर्न बाध्य भएका छन् । जिल्लाको सिमावर्ति प्रतापपुर गाऊपालिका ५ धरमौली स्थित श्री जनता प्राथमिक बिद्यालयमा जिर्ण अवस्थामा रहेको बिग्रेका शौचालय मर्मत नहुँदा बाध्य भई विद्यार्थीहरु खुल्ला क्षेत्रमा दिसापिसाब गरेको पाइएको छ ।
विद्यालयमा कुल ३ वटा शौचालय छ तर शिक्षक÷शिक्षिकाले प्रयोग गर्ने एउटा शौचालय बाहेक दुईटा शौलाय विग्रेको अवस्थामा छ । एकातिर शौचालयको छाना पनि उडेर शौचालय जिर्ण भएकोे छ भने अर्काे तर्फ शौचालयको टंकी भरेर फोहोर समेत भएको छ तर यसको मर्मत तथा सरसफाई तिर विद्यालयको ध्यान नपुगेको स्थानिय सुख्खु मुसहरले आरोप लगाए ।
नवलपरासी जिल्ला नै पुर्ण खुल्ला दिशा मुक्ता क्षेत्र घोषणा भईसकेको छ तर यस विद्यालय संगै जिल्लाका अधिकांश विद्यालयका शौचालयहरु अति फोहोर र ध्वस्त भएको पाउन सकिन्छ । जब शिक्षा दिने विद्यालयहरुमा यस्तो हालत छ भने अरु तर्फ के होला ।
विद्यालयमा करिब १५० जना विद्यार्थीहरु अध्ययनरत छन् । स्थानिय विशाल कुश्वाहाको, विद्यालयको अफिस मर्मत–सम्भार र केहि सामान खरिद गर्नका लागि विद्यालयमा रकम छ तर विद्यार्थीले प्रयोग गर्ने शौचालयको मर्मतका रकम छैन? भनि विद्यालय संग प्रश्न छ ।
यसरी शौचालय विग्रेर विद्यार्थीहरु बाहरि खेतमा दिसा पिसाब गर्न बाध्यात्मक अवस्था बारे विद्यालयका प्र.अ. संग प्रतिक्रिया लिन सम्पर्क गर्दा प्रधानाध्यापले केहि जवाफ नदिई मोबाईल समेत अफ गरेको बताइएको छ । विद्यालयको चरम लापरवाहीकै कारणले विद्यार्थीहरु बाहिर जान परेको विद्यार्थीहरु गुनासो गरे । विद्यालयमा शौचालय संगै खानेपानीको समस्या पनि उस्तै छ ।