सरावलमा नेकपाकाे शुभकामना अादान प्रदान

0
333

सरावल, ६ कार्तिक । नवलपरासीको सरावल गाउँपालिका ३ महेन्द्र मा.बि सरावलकाे प्रांगणमा दशै ,दिपावली तथा छठ पर्बकाे शुभकामना अादान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट सरावल गाउँ कमिटी द्वारा आयोजना गरिएकाे सो कार्यक्रम ने.क.पा जिल्ला कमिटी सदस्य पहलाद पासवानकाे अध्यक्षता तथा भाैतिक याेजना तथा पुर्वाधार मन्त्री बैजनाथ चाैधरीकाे प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएकाे छ ।

शुभकामना अादान प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै भाैतिक याेजना तथा पुर्वाधार मन्त्री चाैधरीले अबको चार बर्ष भित्र याे क्षेत्रकाे नक्सा नै परिवर्तन गरिदिन्छु। पर्यटन प्रबर्धनका लागि अाफु लागि परेको र यश क्षेत्रमा निकट भबिष्यमा भाैतिक निर्माण कार्य बिकासका लागि आफुले सक्दो पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामलखन हरिजन, प्रदेशसभा सदस्य दिपेन्द्र अधिकारी,पुर्ब सभासद दुलारी हरिजन,वडा नं ७ वडा अध्यक्ष हेयात अलि अन्सारी,सुरेश यादव,सीता बाैडेल,खिमलाल पाेख्रेल,नबिश्वर तिवारी लगायतले दशै ,दिपावली तथा छठ पर्बकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here