परासी, ६ कार्तिक । नवलपरासीमा एक समुहले आक्रमण गरि एक जनाको हत्या गरेको छ भने एक जनालाइ घाईते बनाएको छ । पुर्व रिसइबी कारण उक्त समुहले आफनै साथी माथि सांघातिक आक्रमण गरि पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ बर्षिय गणेश सहानीको हत्या गरेको छ भने पाल्हीनन्द गाउँपालिका ३ कुश्मा बस्ने ३६ बर्षिय नर्वदेश्वर चौहानलाइ गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी अनुसार आक्रमण गर्ने समुह मृतक सहानी र घाइते चौहानको साथी रहेका छन् । यिनीहरु पहिला देखि नै आलु सहित विभिन्न व्यपार गर्दै आएका थिए । व्यपारकै सिलसिलामा यिनीहरुमा बिच विवाद उत्पन्न झैझगडा समेत भएको थियो । सहानी र चौहान संग बदला लिने निहुँमा सहानी र चौहान माथि सांघातिक आक्रमण भयाे जसकाे आक्रमणमा परि सहानीको मृत्यु भएको छ भने चौहान गम्भीर घाईते भएका छन् । आक्रमण गरि हत्या गर्ने समुह अझै फरार अझै छ जसको खोजी कार्यमा प्रहरी लागी परेको प्रहरी कार्यालयले जनाएको छ ।
यसरी भयो हत्या
सोमबार राती ९ बजे सरावल गाउँपालिका ६ बडहरा दुबौलियामा रहेको घाइते चौहानको खेती हेरेर सहानी र चौहान घर फर्किदै थिए । यि दुबैजना खेत गएको मौका छोप्दै यिनका साथीहरुले प्रतापपुर गाउँपालिका ४ बर्दघाटे पुलमा यिनीहरुलाइ भेटन बोलाए ।
आक्रमण गर्ने सुमहले बर्दघाटे पुलमा बोलाएर सहानी र चौहानलाई मार्ने योजना बनाएका थिए । बर्दघाटे पुलमा सहानी र चौहान आएपछि आफनो कुरामा अल्झाउदै पछाडीबाट चौहानको टाउकोमा रडले प्रहार गरि अाक्रमणा गरे । टाउकोमा रडकाे प्रहारले चौहान बेहोस भएपछि मरेको सम्झेर उनलाइ छोडी चौहानको अर्काे साथी सहानीलाइ पनि टाउको रडले हानी हत्या गरेर पुलको दक्षिण साइडमा दुबै जनालाई फालेर राती नै फरार भए ।
राती ११ बजे चौहानलाइ होस आएपछि उनी भाग्दै घर आएर सबै घटना सुनाए । भोली पल्ट चौहान र घरपरिवारले प्रहरीलाइ खबर गरेपछि ईलाका प्रहरी कार्यालय बेलाटारीले घटना स्थलबाट सहानीको शव पोष्ट मार्टनका लागि जिल्ला पृथ्वीचन्द्र अस्पतालमा ल्ययाे । सोही अस्पतालमा गम्भीर घाइते चौहानको उपचार पनि भैरहेको प्रहरीले जनाएको छ ।
चौहान र सहानी माथि आक्रमण गरि गर्ने समुह यिनीहरुको साथी नै रहेको बताइएको छ यद्यपी आक्रमण गर्ने समुहको नाम अझै खुलेको छैन । प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी गर्दै यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।