सनइका १८ जना कांग्रेसमा प्रवेश

0
304


परासी, ५ कार्तिक । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा एक कार्यक्रमब बिच १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि ति १८ जनाले प्रतिनिधि सभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलेको हातबाट टिका लगाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसको केन्द्रिय समेत रहेका सांसद कण्डेलको घरमा आयोजित एक कार्यक्रम बिच पाल्हीनन्दन गाउँपालिका ६ सनइका खडेन्द्र चौधरी, बिचारी चौधरी, दिपक चौकरी र धर्मविर चौधरी सहित १८ जना कांग्रेसेका सदस्यता लिदै प्रवेश गरेका हुन् । नवप्रवेशीलाइ सांसद कण्डेलले टिका लगाउदै कांग्रेसको सदस्यता पनि प्रदान गरेका थिए ।

साविक सनइ गाविस इकाइ सभापति जगदिश सहानीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद कण्डेल, प्रदेश ५ को सांसद बैजनाथ जयसवाल, नेका नवलपरासीको संगठन विभाग प्रमुख राजेन्द्र प्रसाद सहानी, ओबिसी महासंघका उपाध्यक्ष रामचन्द्र मौर्य, नेका नेता राधेश्याम पाठक, नेका क्षेत्र ५ को सभापति दिनेश मणि पटेल, पाल्हीनन्दन गाउँपालिका संयोजक हरिहर चौहान, नव प्रवेशी खडेन्द्र चौधरी, चन्द्रमणि चौधरी लगायतले संगठनलाइ मजबुद बनाउदै संगठनको विस्तार गर्न जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here