स्वास्थ्यकाे लाागि खेलकुद

0
481

सरावल ,४ कार्तिक।  नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा ३० अाै गाउँ स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ । हिमालय युवा क्लब सरावल गाउँपालिका वडा नं.३ सरावल द्वारा आयोजना गरिएकाे सो प्रतियोगिता क्लबका अध्यक्ष नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेलकाे प्रमुख आतिथ्यता तथा प्रदेशसभा सदस्य बैजनाथ जैसवालकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएकाे हाे ।

सांस्कृतिक कार्यक्रम र प्रतियोगितालाई सम्बाेधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य कँडेलले खेल मनोरञ्जनको साथै शारीरिक, मानसिक र सामाजिक सदभाव बढाउछ । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र सरावल गाउँपालिका भित्र छिटै ब्यवस्थित खेल मैदान निर्माणका लागि पहल गर्ने आश्वासन दिदै बढ्दो आधुनिक समय संगसंगै थारु जाति पनि आधुनिकता तर्फ उन्मुख हुँदै गइरहेको र आफ्नो भाषा, संस्कृति, पहिरन बिस्तारै बिर्सिदै गइरहेको हुनाले थारु जातिको भेषभूषा, कला, संस्कृति, भाषा, पहिचान जगेर्ना र खेलकुद बिकासमा आफू सदैव अगाडि रहने बिचार राख्नु भयो ।

त्यस्तै कार्यक्रमकाे बिशिस्ट अतिथिको रुपमा रहनुभएका प्रदेशसभा सदस्य जैसवालले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्दै सांस्कृतिक कार्यक्रमले स्थानीय कला संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्बर्द्धन सर्मिक संघ काउन राष्ट्रिय समिति बरिस्ठ उपाध्यक्ष अाेम प्रकास चाैधरी, सरावल गाउँपालिका कार्यसमिति सदस्य चन्दा चाैधरी, सिद्धार्थ मा.बि प्र.अ सुखाडि प्रसाद चाैधरी, समाजसेवी जनमजय यादव,सरावल गा.पा स्तरीय खेलकुद समिति अध्यक्ष महेन्द्र चाैधरी ,जाहिद खाँ लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो । फुटबल प्रतियोगितामा प्रथम गंगाबस्ति ,द्धितिय सरावल बिजय हुन सफल भएको छ । प्रतियाेगितामा प्रथम विजेताले रु ४० हजार, मेडल, प्रमाणपत्र ,कप तथा द्वितिय हुनेले– रु २० हजार, मेडल, प्रमाणपत्र कप सहित अन्य पुरस्कार प्रदान गरिएको छ । साे खेलकुद प्रतियाेगितामा नवलपरासीका २६ वटा फुटबल समुहको सहभागिता रहेकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here