बाँदर धपाउन, बन्दुक पड्काउँदा मान्छेलार्इ लाग्यो, एकको मृत्यु

0
310

हुम्ला,४ कात्तिक। बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सुरेन्द्र कार्की छन् ।

सोही ठाउँका ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली गोठालो गएका सुरेन्द्रलार्इ लागेको थियो । घटनामा उनी गम्भीर घाइते भएका थिए ।

तत्काल उनलार्इ उपचारका लागि स्वास्थ्य चौकी, रिपतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । महतारालाई उक्त भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरी शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सिमकोटमा ल्याएको प्रहरी प्रमुख उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए । थप अनुसन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here