नवलपुर, ४ कार्तिक । पुर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ५० जना घाईते छन्र ।
धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरकाे यात्रु बाहक बस अाज (अाइतबार) विहान ५ बजे मध्यविन्दु नगरपालिका ११ दरमारचाेकमा अाफै अनियन्त्रित भइ पल्टिदा साे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भारत विहार बस्ने विद्यानन्द यादव रहेका छन् ।
मृत्यु हुने अर्काे दुइ जनाकाे नाम, ठेगाना खुल्न बाँकी रहेको छ । दुर्घटना, बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण भएकाे प्रहरीकाे भनाइ छ । घाईते मध्ये ४२ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेहरूकाे उपचार भरतपुर मेडिकल कलेज र स्थानिय अस्पतालमा भैरहेकाे प्रहरीले जनाएकाे छ । बसमा बसमा करिब ६० यात्रु सवार थिए ।