रेडक्रसद्धारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

0
281


परासी, २९ असोज । नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्ला शाखाले निर्वाचित जनप्रतिनिधिको सम्मान तथा दशै दिपावलीको शुभकामना आदाताप्रदान कार्यक्रम गरेको छ । दशै दिपावलीको अवसर पारेर जनप्रतिनिधिको सम्मान पनि गर्ने र शुभकामना आदान प्रदानसंगै रेडक्रसको अवस्था जानकारी गराउने उदेश्यले सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पुर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आथित्यतामा भएको उतm कार्यक्रममा ५ नं.प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चौधरी,राष्ट्रिय सभा सदस्य रामलखन हरिजन,प्रदेश साँसद बैजनाथ जैसवाल,भगवती भण्डारी,मेयर धिरज शर्मा बस्याल,जिसस प्रमुख शिव शंकर रायलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

निर्वाचित जनप्रतिनिधिलाई जिल्ला शाखाका संयोजक राजेन्द्र अग्रहरीले सम्मान गर्दै कदरपत्र प्रदान गरेका थिए । त्यसै गरि उनले शाखाको गतिविधिबारे पनि जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here