जितेन्द्र गुप्ता –
महेसपुर, २९ असोज । सिमा प्रहरी कार्यालय महेसपुर नवलरासीले २ लाख बराबरको कपडा र मकै बरामद गरेको छ । प्रहरी सहायक निरिक्षक मिनराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट २ लाख रुपैया बराबरको कपडा र मकै बरामद गरेको हो ।
राती २ बजेको समयमा नेपालबाट भारत भित्राउदै गरेको ५ सय ५० किलो मकै र भारतबाट नेपाल ल्याउदै गरेको २४४ पिस लेडिज सुट, १२२ पिस सुती साडी प्रहरीले बरामद गरेको प्रहरी निरिक्षक केशव ज्ञवालीले बताए । ईन्सपेक्टर ज्ञवालीका अनुसार कारोबारीले प्रहरीको टोली देखेर समान फालेर फरार भएका थिए ।
चाँडबाडका बेला सिमा क्षेत्रमा बढदो चोरी तस्करी नियन्त्रण गर्न महेसपुर नाकामा प्रहरीले कडाइ गरेपछि तस्करहरुमा खैला बैला मचि नाका परिवर्तन गरेका छन् । बढदो चोरी तस्करी नियन्त्रण गर्न राती–रातीको समयमा पनि शसस्त्र प्रहरी तथा नेपाल प्रहरी गस्तीले तस्करहरुमा भागमभाग मचिएको छ । यतिबेला तस्करहरु भुजहवाँ, विषुनपुरा, रगणगंज, बसैया र बहुआर नाकाबाट चोरी तस्करी गरिरहेको एक श्रोतले जनाएको छ ।