परासी, २९ असोज । मुख्यमन्त्री शंकर पोख्रेलले महेसपुर भन्सार कार्यालयको निरिक्षण गरेका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको कार्यालय भवन सिलन्यास गर्न आएको प्रदेश ५ को मुख्यमन्त्री पोख्रेलले महेसपुर भन्सार कार्यालयको निरिक्षण गर्दै कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका हुन् ।
श्रावण १ गतेदेखि छोटीबाट पदोन्नती भई मुल भन्सार घोष्णा भएको महेसपुर भन्सारलाई कार्यान्वयनमा ल्याउन जगा अधिग्रहण, भौतिक पुर्वाधारको विकास, बाटो घाटो र क्वारेन्टाई चेकपोष्ट जस्ता आवश्यक कार्य गर्न बाकी देखिएको छ ।
भन्सारलाई कार्यान्वयमा ल्याउन भन्सारको आवश्यक पुर्वाधार विकासका लागि खटिएका कर्मचारीहरुलाई गृह कार्य थाल्न निर्देशन दिदै आफुँपनि संघिय सरकार संग आवश्यक पहल गर्ने बताए । भन्सार निरिक्षण गर्न पुगेको मुख्यमन्त्री पोख्रेल संग प्रदेश सांसद बैजनाथ जयसवाल, प्रदेश सांसद दिपेन्दं्र अधिकारी सहित जिल्लाका विभिन्न राजनितिक दलका नेताहरु समेतको उपस्थिती थियो ।