सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

0
262

नवलपुर, २९ असाेज । नवलपरासी पूर्वको बिनयी त्रिबेणी गांउपालिका १ बेसक्याम्प स्थित पूर्बपश्चिम राजमार्गमा सोमवार विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेका अनुसार भैरहवाबाट पोखरार्फ आउदै गरेकाग १ ख ४१६७ नम्बरको ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नम्बरको ट्रकलाई ठक्कर दिंदा सो दुर्घटनमा भएको हो ।

ठक्करबाट ट्रक मर्मत गर्दै गरेका ना १ ख १४१ नम्बरको ट्रकका सहचालक गैडाकोट ढोडेनी बस्ने २० वर्षका धन बहादुर मगरको मृत्यु भएको हो । गम्भिर घाईते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकका चालक सोही स्थानका २७ बर्षिय बसन्त भुजेल घाईते भएका छन । उनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here