विवादित जग्गामा गाउँपालिकाकाे भवनको सिलन्यास गर्दा विरोध प्रर्दशन

0
282


परासी, २९ असोज । पटक–पटक विवाद झेल्दै आएको नवलपरासीको पाल्हीनन्दन गाउँपालिका यस पटक फेरि पनि विवादमा परेको छ । विवादित जग्गामा गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न लागेको भन्दै स्थानियबासीहरुले कुश्मा चोकमा विरोध प्रदर्शन गर्दै बाटो अवरोध गरेका छन् ।

जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले वार्ड ३ को झुल्नीपुरमा रहेको विवादित जग्गामा कार्यालय भवनको सिलन्यास गराएपछि सोही वार्डका कुश्मा र प्रसियाबासीहरु सोको विरोधमा विरोध प्रर्दशन गर्दै विहानदेखि परासी–महेसपुर सडक अवरोध गरेका छन् ।

गाउँपालिकाले उच्च अदालतको मानहानी गर्दै विवादित जग्गामा बलजफ्ती कार्यालय भवन आज एक कार्यक्रम बिच प्रदश ५ को मुख्य मन्त्री शंकर पोख्रेलद्धारा सिलन्यास गराएपछि कुश्मा र प्रसियाका स्थानिय बासिन्दाहरुले विरोध प्रदर्शन गर्दै बाटो अवरोध गरेको स्थानिय हरिहर चैहानले बतए । उनले भने, प्रदेशको मुख्यमन्त्री समेतलाई झुक्याएर यस्तो विवादित ठाउँमा सिल्यान्स गराएको जुन विवादित मात्र होईन उच्च अदालतको मानहानी समेत भएको बतए ।

यस्तो छ विवादको कारण
स्थानिय तह पुर्न संरचना आयोगले पाल्हीनन्दन गाउँपालिकाको श्रोत केन्द्र गाउँपालिका वार्ड ३ कुश्मा गाउँमा तोकेको थियो तर गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जस लिन आफनो दम्भ देखाउदै गतवर्ष नै गाउँपालिका कार्यालय सोही वार्डको बेलासपुर चोक स्थित एक भाडाको घरमा सारेका थिए ।

गाउँपालिका कुश्माबाट बेलासपुर सरेपछि कुश्मा–प्ररसियाका स्थानियहरुले चर्काे विरोध भई विवाद उत्पन्न भएको थियो । भाडाको घरमा सरेको गाउँपालिकाले गतवर्षनै वार्ड ३ कै बेलासपुर र झुल्नीपुर बिचमा रहेको एक पोखरीलाई पुरेर गाउँपालिका भवन बनाउन खोजिएको थियो ।

गाउँपालिकाले नै पोखरी संरक्षण गर्नु पर्ने ठाउँमा उल्टै पोखरी पुरेपछि स्थानियले सोको विरोध गर्दै पोखरी संरक्षण हुनु पर्ने माग राख्दै पुनरावेदन अदालत बुटवमा रिट दर्ता गराका थिए । करिब एक बर्षदेखि चलिरहेको उक्त मुद्दा अझै फैसला भईसकेको छैन ।

मुद्दाका कारण पुनरावेदन अदालतले उक्त विवादित जग्गामा कुनै प्रकारको भौतिक संरचना वा पुर्वाधार नबनाउन स्टे अर्डर जारी ग¥यो तर गाउँपालिकाले उच्च अदालतको मानहानी गर्दै विवादित कार्यालय भवनको सिल्न्यास गर्न खोजेपछि साम्य भएको विवाद आज फेरि तातेको स्थानिय हरिहर चौहानले बताए ।

चौहानले भने, त्यहाँ १०६, १०७ र १०७ नम्बरको तीन वटा कित्ता छ । १०६ र १०७ नम्बरको कित्ता पोखरी हो जुन १५कट्टा जग्गामा फैलिएको छ त्यस्तै १०८ नम्बर कित्ता स्वास्थ्य चौकीको जग्गा हो तर गाउँपालिकाले पोखरी पुर्दा स्थानियले विरोध गरि यि तिनै कित्ता राखी पुनरावेदनमा रिट दर्ता गराएको चौहानले बताए ।

यता गाउँपालिकाले पोखरीको साईडमा रहेको २ कट्टा सार्वजनिक जग्गामा कार्यालय भवनको सिलन्यास गर्न लागेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here