बेलासपुर एक माईक्रो बसमा तोडफोड

0
285


महेसपुर, २७ असोज । महेसपुरबाट परासी आउदै गरेको एक माईक्रो बसमा स्थानियले तोडफोड गरेका छन् । बसमा सवार दुई जना युवक र अर्काे एक महिला प्यासेन्जर बिच झैझगडा भएपछि बस बेलासपुर चोकमा रोकि बसको साईड लाईट र साईड सिसाहरु तोडफोड गरेका हुन ।

दशंैको बेला सर–सामान किनमेल गर्न केहि महिला व्यपारीहरुले लु १ ख ९५२२ नम्बरको माईक्रो बस रिजर्भ गरि शनिवार महेसपुर पुगेका थिए । सर–समान किनमेल गरेर फर्किने क्रममा उक्त बसमा पाल्हीनन्दन गाउँपालिका ४ का २ जना युवा पनि बसमा सवार भए ।

बेलासपुर झर्ने ति दुई युवाले १० रुपैया भारुको एक सिक्का भाडा दिए । सिक्का देखेर बस चालकले सिक्का चल्दैन भनि फर्काए । उक्त सिक्का देखेर एक महिला प्यासेन्जरपनि व्याङ्ग गर्दै भनिन् ‘भाई यो त भारतीय डलर हो नेपालमा चल्दैन ।‘ उक्त महिलाको कुरा सुनेर एक युवले भने ‘दिदी तपाईहरुले भारतमा किनेको सामान नेपालमा चल्ने अनि पैसा नचल्ने । ?‘

यो कुरा सुनेर ति महिलाले आक्रोसित बन्दै भाई तिमी धेरै बढता नबोल भनि कराइन । युवाले पनि तिनको आक्रोस देखेर तपाई पनि धेरै बढता नबोल्नु भनि चर्कियो । अपमान सहन नसकेर ति महिलले आफनो खुट्टामा लगाइएको चप्पल निकालेर ति युवालाई पिटने समेतको प्रयास गरेको ति युवाले बताए ।

ति महिलाको चप्पल निकालेर पिटन खोज्ने र बाटो भरि मधेशी भन्दै हेप्ने कुरा लिएर बसमा विवाद झनै बढदै गयो । बस बेलासपुर शसस्त्र चेकप्वाईन्टमा आएपछि ति दुबै युवा ओर्लिएर आफना आफन्त र स्थानियलाई बोलाएर गाडीमा तोडफोड गरे । स्थानियको झुण्ड देखेर ति महिला र बस चालकले ति युवाहरु संग सार्वजनिक रुपले माफि मागरे फर्के ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here