नेवि संघ ईकाई समितिद्धारा शुभकामना आदान प्रदान

0
237


महेसपु, २७ असोज । नेपाल विद्यार्थी संघ पाल्हीनन्दन गाउँपालिका ईकाई समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष दिनेश गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेसको जिल्ला कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेलको प्रमुख अतिथ्यतामा आयोजित बिजय दशंै, शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

पाल्हीनन्दन ३ कुश्मामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि अर्जुन कुमार पोख्रेल, विशिष्ट अतिथि एवं पुर्व सांसद देवकरण कलवार, विशिष्ट अतिथि एवं पुर्व सांसद विक्रम खनालले सबैलाई दशंैको शुभकामना दिदै नेवि संघको संगठन अनुशासित ढगबाठ विस्तार हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा अतिथि नेका जिल्ला सचिव विक्रम यादव, रामग्राम नगरपालिकाका मेयर एवं नेका क्षेत्र ४ का सभापति नरेन्द्र कुमार गुप्ता, क्षेत्र नंम्बर ६ का सभापति मुकुल आचार्य, क्षेत्र ५ का सभापति दिनेश मणि पटेल, मुस्लिम संघका जिल्ला सभापति करिम खान, तरुण दलका जिल्ला सभापति सुक बहादुर गुरुङ्ग, महिला अन्तरपार्टी संजालकि अध्यक्ष सिता कुँवर, महिला नेत्री, अराधना भट्ट, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here