काठमाडौं, २७ असाेज । वैशाखयता ६ महिनामा प्राकृतिक प्रकोपबाट १ सय ८८ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् भने २ हजार ४ सय ५२ जना घाइते भएका छन् ।
पहिरोमा परेर सबैभन्दा धेरैको मृत्यु भएको छ । बाढीले बगाएको मृत्यु हुनेभन्दा चट्याङमा परेर ज्यान जानेको संख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
गृहको तथ्यांकअनुसार ६ महिनामा वर्षा, बाढीपहिरो, चट्याङ र भूक्षयजस्ता प्राकृतिक प्रकोपबाट ५ हजारभन्दा धेरै परिवार प्रभावित भएका छन् । २ अर्ब ४२ करोड १९ लाखबराबरको भौतिक क्षति भएको छ । बर्खा मौसममा भएको उक्त प्रकोपमा १ हजार १ सय ३३ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने २ हजार २ सय ५६ पशुचौपाय मरेका छन् । यो सबै तथ्यांक वैशाखको सुरुदेखि १४ असोजसम्मको हो ।